शुक्रबार, चैत ६, २०८२

सामुदायिक विद्यालयमा 'पढ्दै कमाउँदै' कार्यक्रम लागू हुने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका छन्।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका छन्।

National life

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीस्थित सरस्वती नमुना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षालाई सिकाइसँग र सिकाइलाई उत्पादनसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका हुन्।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरेपछि विद्यार्थीहरुलाई किशोर अवस्थाबाटै उद्यमशिलतातर्फ अगाडि बढ्न प्रेरणा मिल्ने मन्त्री पौडेलको भनाइ छ। उनले भने, ‘अहिले परीक्षणका लागि केही विद्यालयमा मात्रै पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारीमा छौं। आगामी तीन वर्षभित्र देशभरका सबै सामुदायिक विद्यालयमा क्रमशः कार्यक्रम लागू गर्दै जाने योजना छ।’

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सरकारले चालू आर्थिक वर्षमा १० अर्ब रुपैयाँ विनियोजन गरेको छ। यस कार्यक्रमको १४ करोड रुपैयाँ पढ्दै कमाउँदै कार्यक्रममा खर्च हुने भएको छ।

प्रकाशित: Dec 08, 2021| 17:11 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्