शुक्रबार, चैत ६, २०८२

सीटीईभीटीका १५ वटा कलेजका पीसीएल नर्सिङ कार्यक्रममा भर्ना स्थगित

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले नर्सिङ कार्यक्रम प्रमाणपत्र तहमा भर्ना खुलाइएका १५ वटा शिक्षण संस्थाको भर्ना प्रक्रिया स्थगन गरेको छ।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले नर्सिङ कार्यक्रम प्रमाणपत्र तहमा भर्ना खुलाइएका १५ वटा शिक्षण संस्थाको भर्ना प्रक्रिया स्थगन गरेको छ। शैक्षिक सत्र २०७८/०७९ का लागि भर्ता आह्वान गरिएका ती कलेजमा प्रक्रिया पूरा नभएको भन्दै भर्ना प्रक्रिया स्थगन गरेको हो। सीटीईभीटीले अर्को सूचना नहुन्जेल सम्मका लागि विद्यार्थी भर्ना प्रक्रिया स्थगित गर्न सम्बन्धित शिक्षण संस्थालाई सूचित गरेको छ।

National life

परिषद्ले राष्ट्रिय चिकित्सा ऐन २०७५ को दफा ४२ का साथै चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गतेको निणर्यको प्रतिकूल हुन आएकाले ती कलेजमा भर्ना प्रक्रिया रद्द गरिएको जानकारी दिएको छ। ऐनको दफा ४२ को उपदफा १ मा स्नातक तहका कार्यक्रम सञ्चालन हने शिक्षण संस्थामा प्रमाणपत्र तह वा सोभन्दा तल्लो तहका कार्यक्रम सञ्चालन गर्न अनुमति नदिइने उल्लेख छ। ऐन कार्यान्वयनमा आउनुअघि नै प्रमाणपत्र तहका कार्यक्रम सञ्चालन भएका शिक्षण संस्थाका हकमा कार्यक्रम फेज आउट गर्न ५ वर्षको अवधि तोकिएको थियो। 

भर्ना प्रक्रिया स्थगन भएका शिक्षण संस्थामा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि मोरङ, नेसनल मेडिकल कलेज पर्सा, बी एन्ड बी नर्सिङ कलेज ललितपुर, नागरिक कम्युनिटी टिचिङ हस्पिटल भक्तपुर, एनपीआई नारायणी सामुदायिक हस्पिटल चितवन छन्। यस्तै कलेज अफ मेडिकल साइन्स चितवन, अल्का इन्स्टिच्युट अफ मेडिकल साइन्स (अल्का हस्पिटल), ललितपुर, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौं, काठमाडौं मोडेल हस्पिटल, स्कुल अफ नर्सिङ काठमाडौंको पनि भर्ना प्रक्रिया स्थगित भएको छ। यसैगरी मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्स ललितपुर, ओम हेल्थ क्याम्पस काठमाडौं, मणिपाल कलेज अफ मेडिकल साइन्स कास्की, लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ अस्पताल पाल्पा, देवदह मेडिकल कलेज एन्ड रिसर्च सेन्टर रूपन्देही र नेपालगञ्ज नर्सिङ क्याम्पस कोहलपुर बाँके गरी १५ वटा कलेजमा भर्ना प्रक्रिया स्थगन गरेको हो।

यसका साथै परिषद्ले वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कार्यक्रममा १५ वटा शिक्षण संस्थाले परीक्षार्थीलाई प्राथमिकीकरण गरेको भएमा उक्त शिक्षण संस्था हटाई सोपछिको शिक्षण संस्थालाई आधार मानी छनोट गरी भर्नाका लागि सिफारिस गरिने सूचनामा उल्लेख छ।

प्रकाशित: Dec 08, 2021| 13:14 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्