आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • ३३ किलो सुन तस्करी र हत्या प्रकरण : अभियुक्त अग्रवाललाई धरौटीमा छाड्न आदेश

३३ किलो सुन तस्करी र हत्या प्रकरण : अभियुक्त अग्रवाललाई धरौटीमा छाड्न आदेश

अदालतका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले आदेशपछि अग्रवाल धरौटीबापतको रकम जम्मा गरेर छुटेको जानकारी दिए।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

विराटनगर- मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण एवम् करिब ३३ किलो सुन तस्करीसम्बन्धी मुद्दाका अभियुक्त 'कालु', 'काले' तथा 'किसन' भनिने कृष्णगोपाल अग्रवाललाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला अदालत मोरङले उनलाई २ लाख रुपैयाँ धरौटीमा छाड्न मंगलबार आदेश दिएको हो। अदालतका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले आदेशपछि अग्रवाल धरौटीबापतको रकम जम्मा गरेर छुटेको जानकारी दिए। 

National life

न्यायाधीश भरत लम्सालको इजलासले धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको हो। फरार रहेका अग्रवाललाई काठमाडौंबाट पक्राउ गरेर मोरङ ल्याई अदालतमा पेस गरिएको थियो। वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस सकिएपछि उनीविरुद्धको मुद्दामा अदालतले आदेश जारी गरेको छ। 

न्यायाधीश लम्सालकै इजलासले सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको फैसला गत असोज १९ गते गरेको थियो। मुद्दामा ७७ जनालाई प्रतिवादी बनाइएको थियो। अहिलेसम्म ५७ जना मात्रै पक्राउ परेका छन्। अरु २० जना फरार छन्। 

अदालतले पक्राउ परेकामध्ये ८ जनालाई दोषी ठहर गरेको छ। मुद्दामा प्रतिवादी बनाइएका उच्च प्रहरी अधिकारीसहित ४८ जनालाई सफाई दिएको छ। दोषी ठहर गरिएकामध्ये ६ जनालाई जन्मकैदको फैसला भएको छ। 

मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला भएको हो। 

Shivam cement

तस्करी गरेर दुबईबाट २०७४ साल माघ ९ गते काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गायब बनाइएपछि गोरेको समूहले सुन लुकाएको आरोपमा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका‒१ मा सनमको हत्या गरेको थियो।

प्रकाशित: Dec 07, 2021| 17:47 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।