मंगलबार, असार ३०, २०८३

‘दूधमा भएको मिसावटबारे नचाहिँदो हल्ला चल्यो’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– पछिल्लो समय चाहिनेभन्दा बढी दुध तथा दुग्ध उद्योग सम्बन्धमा  हल्ला भएको कारणले दुध व्यवसाय धरासायी हुने अवस्थामा पुगेकोछ ।

नेपाल खाद्य वैज्ञानिक तथा प्रविधिक संघ (नेफोष्टा) का महासचिव डा. अतुल उपाध्यायले बजारमा चाहिनेभन्दा बढी विभिन्न हल्लाको कारण दुग्ध व्यवसाय नै धरासासयी हुन लागे बताए । नेफोष्टाले आइतबार राजधानीमा पछिल्लो दुधको अवस्थाको सम्बन्धमा जानकारी गराउन आयोजना गरिएको कार्यक्रममा उनले दुध सम्बन्धमा बाहिर आइरहेको समचारप्रति गम्भिर हुन पर्ने अवस्था आएको जानकारी गराए ।

‘डेरी उद्योगहरुबाट उत्पादन प्रशोधित दुधको परीक्षण गर्दा शुक्ष्म जिवाणु कोलिफर्म र खाने सोडा लगायतका रसायनहरुको उपस्थितिको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने ‘नेपालको कृषि क्षेत्रको विकास गरि आयात प्रतिस्थापन गर्नु र खाद्यन्नमा निरर्भरता घटाउनु पर्ने चुनौतिका माँझ, दुग्ध व्यवसाय नै धरासायि हुन लाग्नु दुखको कुरा हो ।’

उनको अनुसार गोठबाट प्रशोधन स्थल हुदै उपभोक्तासम्म  कच्चा तथा प्रशोधित दुधलाई चिसो अवस्था अर्थात ५ डिग्री सेल्सियसभन्दा कम तापक्रममा सञ्चय, भण्डारण र बिक्री वितरण गर्न जरुरी हुन्छ । दुध संकलन केन्द्र, चिस्यान, प्रशोधन तथा बिक्री केन्द्रहरुमा चिसो अवस्था र उचित सरसफाई कायम गर्न सके जिवाण जिवाणु वृद्धि रोक्न सहायक हुन सक्ने उनको भनाइ छ । उनको अनुसार नेपाल सकारले जारी गरेको दुग्ध सम्बन्धि विभिन्न ऐन, नियमावली, निर्देशिका आचार संहिता लगायत उद्योगि व्यवसायीहरुले पालन गर्दै गुणस्तर जाँच परिक्षण गरी उत्पादन र बिक्री वितरण गर्न आवश्यक रहेको छ ।  

त्यस्तै कार्यक्रममा  नेफोष्टाका अध्यक्ष जीवनप्रभा लामाले विदेशी दुग्ध उद्योगसँग प्रतिस्पर्धा गर्न स्वदेशी उद्यमीलाई सक्षम बनाउने दायित्व सरकारको रहेको बताइन् । त्यसको लागि सकरारले गुणस्तर नियन्त्रण गर्न नसकेको घटना बाहिर ल्याउनुको सट्टा जनतालाई आश्वस्त पार्न र हाल भइरहेको नकरात्मक प्रचारप्रसारलाई न्युनिकरण गर्नु पर्ने उनको जोड छ । उनले समस्याको दिर्घकालिन समाधानको खोजि गर्नु पर्ने बताइन् । ‘पहिलो चरणमा अविलम्ब दुग्ध पदार्थ र पानी उद्योग सुधार आयोजनाको प्रस्ताव तयार गर्ने र दुई वर्षभित्र आयेजनामार्फत लागत सहभागिताको आधारमा आवश्यक उद्योगहरुमा जीएमपी/एचएसीसीपी लागू हुने गरी प्रयोगशालाको व्यवस्था गर्नु पर्दछ,’ उनले भनिन् ।

त्यस्तै उनले घरेलु स्तरमा पसल थापि, गुण्स्तर चेक जाँच नगराइएका, खाद्य अनुज्ञा पत्र नलिइ खदुल्ला रुपमा बिक्री वितरण हुने दुध तथा दुग्धजन्य पदार्थहरुको गुणस्तर तथा स्वच्छताको अवस्था झनै विकराल हुने हुँदा त्यस्ता व्यवसायलाई तत्कालै विस्थापित गरिनु पर्ने देखिएको बताइन् । दुधलाई राम्ररि उमालेर मात्र उपभोग गर्ने, दुधको कच्चा पदार्थमा रासायनिक पदार्थ मिसावट गर्न निदिने, युरियाको तथा सोडा लागयत रासायनिक प्रयोग सम्बन्धमा अनुसन्धान तथा नियन्त्रन गर्नु पर्ने उनको जोड छ ।  

कार्यक्रमको अवसरमा नेफोष्टाले सरोकार निकायलाई १४ बुदे दुध तथा पानी सम्बन्धमा प्रस्तुत गरेको  थियो । कार्यक्रममा खाद्य तथा पेय पदार्थविज्ञ दिलिप सुब्बाले मानिसलाई स्वास्थ्यको लागि चाहिने अत्यावश्यक हावा, पानी र स्वच्छ खाद्यमा कुनै पनि सम्झौता गर्न नहुने बताए । दुध अथवा जुनै पनि खाद्य पदार्थ हुनसक्छ । त्यस्ता पदार्थमा असल उत्पादन अभ्यास ‘जीएमपी’ मापदण्ड पुगेको हुनुपर्ने उनले जोड दिए । ‘हामीले भरसक दुधमा सोडा, कोलिफर्म लगायतका मिसावट हुने अवस्था सृजना गर्न हुदैन,’ उनले भने । 

सकारले गर्दै आएको अनुगमनमा कुनै पनि  विशेषज्ञ सहभागी नगराएको उनको आरोप छ ।  उनले त्यस्ता प्रविधिका विषयमा अनुगमन गर्दा आवश्यकताअनुसारको  विशेषज्ञ सहभागी गराउन पर्ने उनको जोड छ ।  ‘विशेषज्ञविन गरिएको अनुगमनले गलग म्यासेज बाहिर जान सक्छ,’ उनले भने ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्व महानिर्देशक डा. देवभक्त जोशी, डेरी क्षेत्रका गंगा खरेल लगायतले आ–आफ्नो धारणा  राखेका  थिए । सरकारले विशेषज्ञविन गर्ने प्रविधिक पाटोको अनुगमन, सञ्चारमाध्यममा आउने अवश्यकभन्दा बढी हल्ला लगायतको कारणले विगतमा पनि गुटपात लगायत स्वदेशी उद्योग बन्द भएको र अहिले  दुधको अवस्था पनि त्यस्तै आउन सक्नेप्रति सचेत गराएका थिए । उनीहरुकाअनुसार यदि दुध उद्योगहरु गुटपात जसरीनै बन्द हुने हो भने मुलुकमा लाखौं संख्यामा बेरोजगार बढ्ने सम्भावनाप्रति पनि ध्यानाकर्षण गराएका थिाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्