शुक्रबार, चैत ६, २०८२

नेपालसहित ४७ देशमा फैलियो ओमिक्रोन, दक्षिण अफ्रिकामा ७०० गुणाले संक्रमित बढे

कोरोना भाइरसको नयाँ प्रजाति ओमीक्रोन विश्वभर तीव्र गतिमा फैलिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म ओमीक्रोन विश्वका ४७ देशमा पुष्टि भइसकेको छ।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं- कोरोना भाइरसको नयाँ प्रजाति ओमीक्रोन विश्वभर तीव्र गतिमा फैलिरहेको छ।  विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म ओमीक्रोन विश्वका ४७ देशमा पुष्टि भइसकेको छ।

National life

नेपालमा पनि ओमीक्रोनको नयाँ प्रजाति पुष्टि भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार मात्रै  पत्रकार सम्मेलन गरेर नेपालमा दुई विदेशी नागरिकमा ओमीक्रोन पुष्टि भएको जनाएको छ।

यो भेरिएन्ट कोरोनाका पहिलेका भेरिएन्ट भन्दा निकै संक्रामक रहेको स्वास्थ्य संगठनले  जनाएको छ। ओमीक्रोनबाट मृत्यु पुष्टि नभए पनि यसको  संक्रमण दर भने निकै तीव्र रहेको छ। ओमीक्रोन पछिल्लो समय दक्षिण अफ्रिकी मुलुकमा झनै तीव्रताका साथ फैलिरहेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण अफ्रिकामा ओमीक्रोनका संक्रमित सात  सय गुणाले बढिरहेका छन्।

स्वास्थ्य विशेषज्ञका अनुसार गत हप्ता दक्षिण अफ्रिकामा कुल संक्रमण दर सात सय प्रतिशतले पढेको पाइएको थियो। गत हप्ता सोमबार २३ सयमा संक्रमण पुष्टि भएकोमा शुक्रबार १६ हजारमा संक्रमण पुष्टि भएको थियो।

Laxmi sunrise bank
kumari

दक्षिण अफ्रिका, सेनेगल, सेनेगल, बोत्सवाना, मेक्सिको, भारत, नेदरल्याण्ड, हङ्‍कङ्, इजरायल, बेल्जियम, ब्रिटेन, जर्मनी, अस्ट्रेलिया, इटली,  चेक गणराज्य, डेनमार्क, क्यानडा, स्वीडेन, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, जापान, फ्रान्स, घाना, दक्षिण कोरिया, नाइजेरिया, ब्राजिल, नर्वे, अमेरिका, सऊदी अरब, आयरल्यान्ड, संयुक्त अरब इमिरेड, रुस, नामीबिया, नेपाल, थाइल्याण्ड, क्रोएसिया, अर्जेन्टिना, श्रीलंका, मलयेशिया र सिंगापुर लगायत देशमा ओमीक्रोन पुष्टि भइसकेको छ।

तीव्र गतिमा संक्रमण फैलिरहेकाले उच्च स्वास्थ्य सावधानी अपनाउन एब्ल्यूएचओले आग्रह गरेको छ।

प्रकाशित: Dec 07, 2021| 09:29 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्