शनिबार, जेठ २, २०८३

१८ वर्षमुनिका बालबालिकालाई मोडेर्ना खोप लगाइने

अमेरिकाबाट प्राप्त कोरोनाविरुद्धको मोडर्ना खोप १८ वर्ष मुनीका बालबालिकालाई लगाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं- सरकारले १८ वर्ष मुनीका बालबालिकालाई मोर्डना खोप लगाउने तयारी गरेको छ। अमेरिकाबाट प्राप्त कोरोनाविरुद्धको मोडर्ना खोप १८ वर्ष मुनीका बालबालिकालाई लगाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

National life

यही हप्ताभित्र १८ वर्ष मुनीका बालबालिकालाई खोप लगाउने सुरु गर्ने मन्त्रालयले जनाएको हो। परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका अनुसार मोडर्ना खोप १८ वर्ष मुनीका बालबालिकालाई लगाउने तयारी थालिएको छ।

पहिलो चरणमा हिमाली क्षेत्रका १५ जिल्लाका विद्यालयमा अध्ययनरत बालबालिकालाई उक्त खोप लगाइने महाशाखाले जानकारी दिएको छ। सरकारले यसअघि फाइजर खोप पनि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाएको थियो। 

खोप सल्लाहकार समितिको बैठकबाट मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने निर्णय भएको थियो। सोही अनुरुप खोप लगाउने तयारी थालिएको बताइएको छ।

मोडर्ना खोप एक महिनाभित्र लगाउँदा माइनस दुईदेखि आठ डिग्रीसम्ममा पनि लगाउँदा हुने भएकाले हाललाई हिमाली क्षेत्रका बालबालिकालाई दिन लागिएको महाशाखाले जनाएको छ। मोडर्ना खोप भण्डारण गर्दा भने माइनस २५ डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ।


प्रकाशित: Dec 07, 2021| 08:20 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्