शुक्रबार, चैत ६, २०८२

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय खारेज गर्न पूर्वउपकुलपतिहरूको माग

पूर्वउपकुलपतिहरु केदारभक्त माथेमा, नवीनप्रकाशजंग थाहा, महेशकुमार उपाध्याय, कमलकृष्ण जोशी र हिराबहादुर महर्जनले संयुक्त विज्ञप्ति जारी गरेर विश्वविद्यालय सभाको आत्मघाती निर्णय कार्यान्वयन नगर्न अपिल गरेका हुन्।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका ५ जना पूर्वउपकुलपतिहरुले प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय खारेज गर्न  माग गरेका छन्। सोमबार पूर्वउपकुलपतिहरुले त्रिविको आत्मघाती निर्णय कार्यान्वयन नगर्न विश्वविद्यालय सभाको ध्यानाकर्षण गराएका हुन्।

पूर्वउपकुलपतिहरु केदारभक्त माथेमा, नवीनप्रकाशजंग थाहा, महेशकुमार उपाध्याय, कमलकृष्ण जोशी र हिराबहादुर महर्जनले संयुक्त विज्ञप्ति जारी गरेर विश्वविद्यालय सभाको आत्मघाती निर्णय कार्यान्वयन नगर्न अपिल गरेका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको त्रिवि सभाको बैठकले १० वर्षदेखि कार्यरत ४ सय ८० करार प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न त्रिविको नियम संशोधन गर्ने निर्णय गरेको थियो।

प्रकाशित: Dec 06, 2021| 21:15 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्