शुक्रबार, चैत ६, २०८२

मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्न मन्त्री पौडेलले मागे प्रस्ताव

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्ने प्रस्ताव ल्याउन माग गरेका छन्।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्ने प्रस्ताव ल्याउन माग गरेका छन्।

National life

सोमबार ललितपुरमा ‘नेपालमा मदरसा शिक्षा र यसको भावी रुपान्तरण’ अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री पौडेलले मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्न प्रस्ताव ल्याउन माग गरेका हुन्।

‘हामी तपाईंहरुले उठाउनुभएको कुरालाई गम्भीरतापूर्वक लिएर मन्त्रालयमा छलफल गर्छौं र पाठ्यक्रममा कसरी समावेश गर्न सकिन्छ भनेर विगतका कुराहरु पनि खोजीनीति गरेर अघि बढ्छौं। त्यसका लागि तपाईंहरुले ठोस प्रस्ताव ल्याउनुपर्छ।’

मन्त्री पौडेलले संविधानले समावेशिता सुनिश्चित गरे पनि त्यसको कार्यान्वयनले गति लिन नसकेको बताए। ‘मूलभूत रुपमा संविधानमा हामीले समावेशीको कुरा त ग¥यौं तर व्यवहारतः अझै बाँकी छ। राजनीतिक पार्टीमा बाँकी छ। सेना, पुलिसमा बाँकी छ।’

प्रकाशित: Dec 06, 2021| 16:52 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्