शनिबार, जेठ २, २०८३

तेज आई केयरको आयोजनामा निःशुल्क आँखा शिविर, पाँच सयभन्दा बढी लाभान्वित

तेज आई केयर एन्ड हेल्थ सपोर्ट सेन्टरले निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरेको छ।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

काठमाडौं– तेज आई केयर एन्ड हेल्थ सपोर्ट सेन्टरले निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरेको छ। विश्व मधुमेह दिवसको अवसरमा आयोजित शिविरमा ५ सयभन्दा बढी विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको थियो।

National life

नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा.चेतराज पन्त विशेष अतिथि रहेको उद्घाटन कार्यक्रममा नेपाल मेडिकल संघका अध्यक्ष डा. लोचन कार्की, सचिव डा. बद्री रिजाल, कोषाध्यक्ष डा. प्रकाश बुढाथोकी, लायन्स क्लब डिस्ट्रिक्ट ३२५ ए २ का गभर्नर लायन्स केशव पाण्डे, द्वितीय गभर्नर उत्तम झा, दृष्टि आई केयरका डा. भाइराजा श्रेष्ठलगायतको उपस्थिति थियो। 

लायन्स क्लब अफ काठमाडौं रेडियन्सको टेक्निकल सपोर्टमा भएको शिविरमा करिब १५० जनाको मधुमेयको पनि जाँच भएको थियो। तेज आई केयरका कार्यकारी निर्देशक डा. सुशीला मल्लका अनुसार शिविरमा कोटेश्वरस्थित कामनपाको ३२ नम्बर वडा कार्यलय, लायन्स क्लब काठमाडौं रेज, काठमाडौं सिन्जी, काठमाडौं आराधना, काठमाडौं अंकुर तथा काठमाडौं पल्नेटको समेत सहभागिता थियो।

तेज आई केयरका मेडिकल डाइरेक्टर तथा आँखा रोग विशेषज्ञ डा. तेजशु सिंह मल्लका अनुसार शिविरका क्रममा धेरैजसो साना विद्यार्थीको यो नै पहिलो आँखा जाँच भएको पाइएको थियो। आँखाको समस्यामध्ये आँखा कमजोर धेरैमा देखिएको उनले बताए। उनले भने, ‘कतिपय भाइबहिनीहरुले आँखा कमजोर भए पनि अभिभावकसँग लुकाएको पनि पाइयो।’

कोभिड–१९ का कारण जारी गरिएको लकडाउनका कारण ल्यापटप, कम्प्युटर, ट्याब्लेट, मोबाइलजस्ता डिजिटल उपकरणको प्रयोग बढेको र लकडाउनमा अनलाइन क्लास भएका कारण साना विद्यार्थीमा आँखाको समस्या पाइएको हो। विद्यालय जाने विद्यार्थीले वर्षमा कम्तीमा पनि एकपटक आँखाको परीक्षण गर्नुपर्ने उनको सुझाव छ।

प्रकाशित: Dec 06, 2021| 16:35 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्