शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • संस्थापनको घेराबन्दीबीच यसरी लुम्बिनी कांग्रेसको नेतृत्वमा पुगे रोल्पाली मगर

संस्थापनको घेराबन्दीबीच यसरी लुम्बिनी कांग्रेसको नेतृत्वमा पुगे रोल्पाली मगर

लुम्बिनी प्रदेश अधिवेशन संयोजकको जिम्मेवारी लिएर आएका खाणकै जोडबलमा संघीय संसद् सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरत शाह लुम्बिनी प्रदेश सभापतिको उम्मेदवार बनेका थिए।
 |  सोमबार, मंसिर २०, २०७८

विनोद परियार

विनोद परियार

सोमबार, मंसिर २०, २०७८

बुटवल– गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाणले लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन सत्रमै संस्थापन (देउवा) समूहका उम्मेदवार भरत शाहलाई सर्वसम्मत बनाउन प्रस्ताव गरे। उनको प्रस्तावलाई संस्थापन इतर समूहले स्वीकार गरेन। यतिसम्म कि निर्वाचन तालिका लम्ब्याएर भए पनि संस्थापन पक्ष यो पटक सभापति शाहलाई बनाउने र अन्य पद छोड्ने मनिस्थितिमा देखिन्थ्यो। 

triton college

लुम्बिनी प्रदेश अधिवेशन संयोजकको जिम्मेवारी लिएर आएका खाणकै जोडबलमा संघीय संसद् सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरत शाह लुम्बिनी प्रदेश सभापतिको उम्मेदवार बनेका थिए। उनलाई जिताउने ग्यारेन्टी नै लिएको थियो संस्थापन समूहले। तर, अंकगणित फेल खाइदियो। रोल्पाका निवर्तमान सभापति तथा पूर्वराज्यमन्त्री अमरसिंह पुन मगरले बहालवाला संघीय सांसद शाहलाई पराजित गरे। पुनले ८५२ मत ल्याउँदा शाहले ७६७ मत पाए। पुनको जितले संस्थापन पक्षलाई मात्रै होइन, गृहमन्त्री बालकृष्ण खाणलाई समेत धक्का दिएको छ। 

मुलुक संघीयतामा गएपछि कांग्रेसले पहिलो पटक प्रदेश समिति बनाएको हो। सशस्त्र द्वन्द्वका बेला माओवादीको दबदबाका कारण जिल्ला नै छाडेर कहिले काठमाठौं, कहिले नेपालगञ्ज बस्दै आएका पुन लुम्बिनी प्रदेश समितिको संस्थापक सभापति बनेका छन्। रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ मा कार्यकर्तामाझ लोकप्रिय मानिएका पूर्वराज्यमन्त्री शाहले ८५ मतको अन्तरमा पराजय भोगे। शाहका लागि यो अनेपक्षित नतिजा हो। गृहमन्त्री बालकृष्ण खाण निर्वाचन संयोजक र केन्द्रीय नेताहरुको समर्थन समेत पाएका शाहले चुनाव जित्न अनेक रणनीति अपनाएका थिए। राजनीतिक रुपमा इमान्दार र केन्द्रीय नेतृत्वकै आकांक्षी रहेका शाहको यो पराजयले केही समयका लागि राजनीतिक यात्रामा बार लगाइदिएको छ। 

राज्यशक्तिको प्रयोग गरेर प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री खाणले शाहलाई अगाडि सारे पनि पौडेल पक्षका पुनले त्यसलाई ब्रेक लगाइदिए। गृहमन्त्री खाणले राम्रो सन्देश जाने भन्दै सर्वसम्मतिका लागि पटक पटक अनुरोध गर्दा पनि त्यसलाई पुनले ठाडै अस्वीकार गरे। संस्थापन समूहप्रति आक्रामक बनेको पौडेल समूूह यो पटक गुटको नेता भन्दा बाहिर गएन। त्यसैको परिणामका रुपमा पुनको विजयलाई लिन सकिन्छ। पुनलाई केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी र अर्का नेता दीपक गिरीको साथ र समर्थन थियो। शाहका लागि भने गृहमन्त्री खाण, केन्द्रीय नेताहरु पुुष्पा भुसाल, देवेन्द्रराज कँडेल, मानबहादुर विश्वकर्माको साथ थियो। 

नवनिर्वाचित सभापति पुन कोइराला परिवारसँग निकट छन्। कुनै बेला स्व. सुशील कोइरालाका दाहिने हातको रुपमा पुनको नाम आउँथ्यो। सभापति निर्वाचित भएपछि उनले नेपाली कांग्रेसलाई गतिशील र नेतृत्वदायी भूूमिकाका रुपमा प्रस्तुत गर्ने गरी काम गर्ने बताएका छन्। उनले अब आउने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कांग्रेसलाई पहिलो शक्ति बनाउने गरी होमिने बताए। 

corrent noodles
Metro Mart
लुम्बिनी प्रदेश अधिवेशन संयोजकको जिम्मेवारी लिएर आएका खाणकै जोडबलमा संघीय संसद् सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरत शाह लुम्बिनी प्रदेश सभापतिको उम्मेदवार बनेका थिए।

सरल र मिजासिला नेता पुनको जन्म २०२७ सालमा भएको हो। रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ७ रोक भन्ने ठाउँमा जन्मिएका उनी २०४८ सालदेखि कांग्रेसको राजनीतिमा लागेका हुन्। कांग्रेसका पूर्वसभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको छत्रछायामा हुर्किएका पुन त्यसैले पनि कोइराला परिवारसँग निकट छन्। रोल्पामा कांग्रेसको राजनीतिसँगै निर्माण व्यवसाय पनि गरिरहेका बेला माओवादीले उनको कम्पनीका निर्माण सामग्री जलाइदिएका थिए। त्यसपछि रोल्पाबाट उनी विस्थापित भए। मुलुकमा शान्ति सम्झौता भएपछि पुन रोल्पा फर्किएर कांग्रेसको राजनीतिमा सक्रिय भए। 

२०६७ सालमा उनी रोल्पा कांग्रेसको पार्टी सभापतिमा तीर्थ घर्तीसँग पराजित भएका थिए। २०७० मा समानुपातिकबाट संविधानसभा सदस्य भए। त्यतिखेर नै उनले सिँचाइ राज्यमन्त्री हुने अवसर पाए। कोइराला परिवारसँग नजिक भएकाले उनले कांग्रेसमा राम्रै स्पेस पाउँथे। कांग्रेस विधान मस्यौदा समितिको सदस्यमा रहेर पनि काम गरेको अनुभव पुनसँग छ। 

उनी २०७२ सालमा मानबहादुर खत्रीलाई पराजित गरेर रोल्पा कांग्रेसको सभापति बने। लुम्बिनी प्रदेश विभाजनविरूद्धको आन्दोलनमा पनि सक्रिय थिए उनी। प्रदेश अधिवेशनअघि लुम्बिनीका जिल्ला–जिल्ला पुुगेका पुुनले कांग्रेसलाई पुनर्जिवित पार्टी बनाउने अठोट आफूले लिएको बताएका छन्। संस्थापन पक्षका प्रभावशाली नेता रहेको लुम्बिनीमा संस्थापन इतर समूहबाट पुनले सभापतिमा बाजी मार्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यसले केन्द्रीय नेतृत्व चयनमा समेत प्रभाव पार्ने आकलन गरिएको छ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये ९ वटाको नेतृत्व पौडेल समूहले हात पारेको छ। देउवा समूहले रूपन्देही र बर्दियामात्र जितेको छ। बाँकीको निर्वाचन हुन सकेको छैन। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका निकट गृहमन्त्री खाणले आफ्नै जिल्लामा निर्वाचन गराउँदा पनि संस्थापनको शाख जोगाउन सकेनन्। खाणकै योजनामा सभापतिको उम्मेदवार भएका शाह जिल्लामा भने खाणकै प्रतिस्पर्धी हुन्।

रुपन्देहीमा निर्णायक मानिएका शाहसँग सहमति गरेर रुपन्देहीको नेतृत्व सर्वसम्मत बनाएका थिए खाणले। बालकृष्णका सहोदर भाइ रामकृष्ण खाणलाई सभापति र भरत शाहकी श्रीमती अनिता शाहलाई उपसभापति बनाएर रुपन्देहीमा नेतृत्व सर्वसम्मत बनाइएको थियो। खाण र शाहले आफ्नालाई नेतृत्वमा लगेको विषयले समेत अधिवेशनमा अर्थ राखेको कांग्रेसका स्थानीय नेताहरु बताउँछन्।



प्रकाशित: Dec 06, 2021| 14:54 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।