शनिबार, जेठ ५, २०८१

शेखर, सुजाता र महेशले भोट नहाल्दा गुरु घिमिरे दुई मतले पराजित

नेपाली कांग्रेस एक नम्बर प्रदेशको सभापतिमा गुरु घिमिरे २ मतले पराजित भए। नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे कांग्रेस झापाका पूर्वसभापति उद्धव थापासँग दुई मातन्तरले पराजित भएका हुन्।
 |  सोमबार, मंसिर २०, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

सोमबार, मंसिर २०, २०७८

काठमाडौं–  नेपाली कांग्रेस एक नम्बर प्रदेशको सभापतिमा गुरु घिमिरे २ मतले पराजित भए।  नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे कांग्रेस झापाका पूर्वसभापति उद्धव थापासँग दुई मातन्तरले पराजित भएका हुन्।

triton college

सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्ण सिटौलाको समर्थन पाएका थापाले ८४४ मत प्राप्त गर्दा घिमिरेले ८४२ मत प्राप्त गरे। 

प्रदेश १ को सभापतिमा घिमिरे विजयी हुने अनुमान गरिएको थियो। खासगरी संस्थापन इतर समूहले घिमिरे करिब २५० मतले विजयी हुनेमा ढुक्क थियो। तर, मतगणना सकिँदासम्म परिस्थिती फेरियो। र, पासा पल्टाउँदै थापा दुई मतले विजयी भए। 

अहिले घिमिरेको पराजयको कारण संस्थापन इतर समूहमा खोजी भइरहेको छ। घिमिरे पराजित भएपछि मोरङ कांग्रेसमा उथलपुथल देखिएको छ। र, नेता–कार्यकर्ताले घिमिरेको हारमा तीन केन्द्रीय नेतालाई दोष दिइरहेका छन्। 

मतदान स्थलमै पुगेर पनि केन्द्रीय नेताले मतदान नगर्दा घिमिरे हारेको टिप्पणी नेता–कार्यकर्ताको छ। मतदान स्थलमै उपस्थित भएर पनि नेताहरू डा. शेखर कोइराला, सुजता कोइराला र महेश आचार्यले मतदान गरेका थिएनन्। उनीहरूले मतदान गरेको अवस्थामा घिमिरेले एक मतले जित्ने अवस्था रहन्थ्यो। तर, तीन नेताले भोट नहालेका कारण घिमिरेले पराजय भोग्नुपरेको मोरङ कांग्रेसका एक पूर्वपदाधिकारीले बताए।

corrent noodles
Metro Mart
संस्थापन इतर समूहले घिमिरेको पक्षमा १ हजारभन्दा बढी प्रतिनिधि रहेको हिसाब राखेको थियो। १ हजार ७५३ जनाले मतदान गर्दा घिमिरेले २ सय ५० मतले जित्ने हिसाब शेखरले राखेका थिए।

‘गुरुलाई राजा–महाराजाले हिसाब गरेको भरमा मतदान नगरेर हराए। रणनीतिअनुसार करिब २ सय ५० मतले जित्ने आकलन गरिएको थियो। त्यही आकलनका कारण चाहिने भन्दा बढी आत्मविश्वास राख्दा पराजय भोग्नुपर्‍यो,’ ती नेताले भने, ‘हारको जिम्मेवारी दुई कोइराला र आचार्यले लिनुपर्छ। नत्र मतदानस्थलमा उपस्थित भएर पनि किन भोट नहालेको?’ 

केन्द्रीय नेताहरू सिटौला, रक्षामन्त्रीसमेत रहेका मिनेन्द्र रिजाल, अमृत अर्यालले भने मतदान गरेका थिए। तर, कोइरालाद्वय र आचार्यले भने मतदान गरेनन्। प्रवक्ता विश्वप्रकाश शर्मा भने मतदान गर्न गएका थिएनन्। यस्तै ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा र विजयकुमार गच्छदार पनि भोटदिन गएका थिएनन्।

फेल खायो शेखरको हिसाब  

घिमिरे शेखरकै जोडबलमा प्रदेश सभापतिको उम्मेदवार बनेका हुन्। सुनसरीका निवर्तमान सभापति राजीव कोइरालाले पनि सभापतिमा दाबी गरेका थिए। तर, शेखरले घिमिरेलाई रोजे। 

नेविसंघको अध्यक्ष र पार्टीको केन्द्रीय सदस्य बनेका घिमिरे कार्यकर्ता माझ लोकप्रिय मानिन्छन्। सोही कारण उनले सहजै जित्ने अनुमान शेखरको थियो। संस्थापन इतर समूहले घिमिरेको पक्षमा १ हजारभन्दा बढी प्रतिनिधि रहेको हिसाब राखेको थियो। १ हजार ७५३ जनाले मतदान गर्दा घिमिरेले २ सय ५० मतले जित्ने हिसाब शेखरले राखेका थिए।

सोही आकलनले दिएको आत्मविश्वासका कारण उनले मतदानसमेत गरेनन्। तर, उनको हिसाब फेल खाँदा घिमिरेले पराजय भोग्नुपर्ने स्थिति आइलाग्यो। 

त्यसो त शेखरले प्रतिनिधिको हिसाब मात्रै राखेका थिए। उनले राजीव कोइरालालाई ब्याक गर्दा हुने सम्भावित क्षतिको आकलन गरेका थिएनन्।   कोइरालालाई टिकट दिन कोइराला पक्षका नेता केदार कार्की लगायतले  लबिङ गरेका थिए । तर, अन्तिम समयमा घिमिरेले टिकट पाउँदा कोइराला असन्तुष्ट बनेका थिए। 

जसको छनक उद्घाटन सत्रमा कोइरालाले गरेको भाषणले नै दिएको थियो। कोइरालाले उद्घाटन सत्रमा प्रस्ट असन्तुष्टि पोखेका थिए। सोही कारण राजीव कोइराला निकटहरूले घिमिरेलाई सहयोग नगरेको विश्लेषण अहिले भइरहेका छन्। ‘सुनसरीबाट सहयोग भएन। जिल्लाको निर्वाचनमा मेहनत गर्ने नेताहरू पनि गुरुको पक्षमा हिँडेनन्,’ एक नेताले भने, ‘जितिहालिन्छ नि भन्ने मनोविज्ञानले पराजित हुनुपर्ने अवस्था आइलाग्यो।’ घिमिरेले पुन: मतगणनाका लागि निवेदन दिएका छन्।

प्रकाशित: Dec 06, 2021| 12:55 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...