शुक्रबार, चैत ६, २०८२

सप्तरीको शम्भुनाथमा खुल्यो सशस्त्र प्रहरी स्कुल

सशस्त्र प्रहरी बल (एपीएफ) ले सप्तरीको शम्भुनाथ नगरपालिकामा स्कुल सञ्चालनमा ल्याएको छ।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

काठमाडौं– सशस्त्र प्रहरी बल (एपीएफ) ले सप्तरीको शम्भुनाथ नगरपालिकामा स्कुल सञ्चालनमा ल्याएको छ। प्रदेश १ र २ लाई लक्षित गरेर शम्भुनाथ नगरपालिका–११ लहरनियामा स्कुल सञ्चालनमा आएको हो।

National life

छात्रावाससहितको नवनिर्मित विद्यालय भवनको आइतबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गरेका छन्। प्रदेश १ र २ लाई पायक पर्ने गरी विद्यालय सञ्चालन गरिएको जानकारी दिँदै महानिरीक्षक खनालले सशस्त्र प्रहरी कर्मचारी एवं स्थानीय नागरिकका सन्ततिको गुणस्तरीय शिक्षामा यसले योगदान पुग्ने विश्वास व्यक्त गरे।

एपीएफ विद्यालयमा प्रहरी परिवारका बालबालिकाका साथै अशक्त, असहाय, परित्यक्त तथा गरिब सर्वसाधारण नागरिकका बालबालिकालाई समेत अध्ययन गराइने सशस्त्र प्रहरी गण ६ का एसपी राजु श्रेष्ठले जानकारी दिए। विद्यालयमा यसै शैक्षिक सत्रदेखि कक्षा ४ र ५ का विद्यार्थी छनोट गरी अध्यापन गराइने विद्यालयमा समावेशक डीएसपी भुवन सिंह ठकुरीले बताए। १५ कोठाका प्रशासनिक र विद्यालय भवनका लागि ६ करोड ५१ लाख खर्च भएको र छात्रावास, मेस तथा व्यारेकका लागि ७ करोड ४९ लाख रुपैयाँको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

कार्यक्रममा जग्गादाता जोगेन्द्र भगत र उनकी श्रीमती ठाकोदेवी भगतलाई महानिरीक्षक खनालले प्रशंसापत्रसहित सम्मान गरेका थिए। सो विद्यालय निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्षसमेत रहेका जोगेन्द्र भगत दम्पतीले ८ बिघा ११ कठ्ठा जग्गा निःशुल्क दान गरेका थिए। भविष्यमा क्याम्पस बनाउन थप जग्गा दान गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, डीआईजीहरु कमल गिरी, गणेश ठाडामगर, राजु अर्याल, सशस्त्र प्रहरी उपरीक्षकहरु राजु श्रेष्ठ, रुपकुमार क्षेत्री, सुरेश सापकोटा, सेनाका गणपति निरज भण्डारी, एसपी अविनारायण काफ्लेलगायत समाजसेवी, शिक्षक, सञ्चारकर्मी सहभागी थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 06, 2021| 11:32 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्