शुक्रबार, चैत ६, २०८२

गंगालालका ल्याब इन्चार्ज जागिरबाट निष्कासित

नक्कली पीसीआर रिपोर्ट बनाएर बेचेको आरोप लागेका गंगालाल हृदय रोग केन्द्रका ल्याब इन्चार्ज विनोदकुमार यादवलाई जागिरबाट निष्कासन गरिएको छ।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

काठमाडौं– नक्कली पीसीआर रिपोर्ट बनाएर बेचेको आरोप लागेका गंगालाल हृदय रोग केन्द्रका ल्याब इन्चार्ज विनोदकुमार यादवलाई जागिरबाट निष्कासन गरिएको छ।  

National life

गत वैशाखमा प्रयोगशाला प्रमुख यादवले नक्कली रिपोर्ट बनाएर पैसाको बार्गेनिङ गर्दै गरेको भिडियो रिपोर्ट बाहिरिएको थियो। त्यसपछि सोही विषयलाई लिएर केन्द्रका सञ्चालक समितिका अध्यक्षसमेत रहेका तत्कालीन मन्त्री हृदयेश त्रिपाठीको निर्देशनमा अस्पताल निर्देशक डा. चन्द्रमणि अधिकारीले अस्पतालका चिकित्सक डा. आशेषगोपाल अमात्य संयोजकत्वमा तीन सदस्सीय आन्तरिक छानबिन समिति बनाएका थिए। सो छानबिन समितिले यादवको गल्ती गरेको हुँदा कारबाही गर्नुपर्ने रिपोर्ट दिएको थियो । 

केन्द्रले छानबिनका क्रममा यादव दोषी पाइएपछि सजायका लागि केन्द्रको सञ्चालक समितिको बैठक गत साउन २८ मा बसेको थियो। उक्त बैठकले विभागीय सजायको आदेश दिन उपसमिति गठन गरेको थियो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गंगालालको सञ्चालक समिति सदस्य विजय राईको संयोजकत्वमा मन्त्रालयका उपसचिव मानबहादुर बस्नेत र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ डा शङ्कर काफ्ले सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। 

उक्त समितिले झण्डै तीन महिना लगाएर गरेको अध्ययनमा त्रिवि शिक्षण अस्पतालको नक्कली लेटरप्याड बनाएर ९० जनाभन्दा बढीलाई नक्कली रिपोर्ट दिएको पाएको हो । सोही समितिले बुझाएको आदेश अनुसार केन्द्रले यादवलाई केन्द्रको सेवाबाट हटाएको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 06, 2021| 10:49 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्