आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश १ कांग्रेस महाधिवेशन : पुन: मतगणना गर्न गुरुराज घिमिरेको माग

प्रदेश १ कांग्रेस महाधिवेशन : पुन: मतगणना गर्न गुरुराज घिमिरेको माग

नेपाली कांग्रेस प्रदेश १ सभापतिमा दुई मतले पराजित भएपछि गुरुराज घिमिरेले पुन: मत गणना गर्न माग गरेका छन्। पार्टीको आन्तरिक चुनावमा सभापति पदमा दुई मतले पराजित भएपछि उनले पुनः मतगणना गर्न माग गरेका हुन्।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८
National life
Shivam cement

विराटनगर- नेपाली कांग्रेस प्रदेश १ सभापतिमा दुई मतले पराजित भएपछि गुरुराज घिमिरेले पुन: मत गणना गर्न माग गरेका छन्। पार्टीको आन्तरिक चुनावमा सभापति पदमा दुई मतले पराजित भएपछि उनले पुनः मतगणना गर्न माग गरेका हुन्।

कांग्रेसको प्रदेश निर्वाचन समितिका प्रमुख भरत थापाले घिमिरेले पुनः गणनाका लागि आवेदन दिएको बताएका छन्। उनले निवेदनलाई केन्द्रीय निर्वाचन समितिमा पठाइने बताए। केन्द्रीय निर्वाचन समितिले दिएको निर्देशन अनुसार नै अगाडि बढ्ने उनले बताएका छन्।

घिमिरेलाई पराजित गर्दै प्रदेश १ मा उद्धव थापा विजयी भएका छन्। थापाले ८ सय ४४ मतले विजयी हुँदा घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका छन्।

प्रकाशित: Dec 06, 2021| 10:40 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।