शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीमा योजना सम्मेलन सुरु : रिजल्ट निकालेर काम गर्न मुख्यमन्त्रीको निर्देशन

लुम्बिनीमा योजना सम्मेलन सुरु : रिजल्ट निकालेर काम गर्न मुख्यमन्त्रीको निर्देशन

लुम्बिनीको व्यवस्थित र एकीकृत विकास गर्ने योजना सहित लुम्बिनी प्रदेश सरकारले दुई दिने योजना सम्मेलन सुरु गरेको छ।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

बुटवल- लुम्बिनीको व्यवस्थित र एकीकृत विकास गर्ने योजना सहित लुम्बिनी प्रदेश सरकारले दुई दिने योजना सम्मेलन सुरु गरेको छ।

triton college

प्रदेश सरकारले अघि सारेका योजनाहरूको कार्यान्वयन र नयाँ योजनाहरूको पहिचान गर्ने गरी लुम्बिनी प्रदेश योजना आयोगले योजना सम्मेलन सुरु गरेको हो । सम्मेलनको आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरे। उद्घाटनका क्रममा बोल्दै मुख्यमन्त्री केसीले केसीले योजना कार्यान्वयनका लागि नीतिगत सुधार आवश्यक रहेको बताए।

जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी संयन्त्र र तीनै तहका सरकारबीच सहमति, सहकार्य र समन्वय गरेर अगाडि बढेमात्रै योजना सफल हुने उनले बताए। ‘प्रदेश सरकार सबैसँग सहकार्य गर्न तयार छ,’ मुख्यमन्त्री केसीले भने ‘एक अर्कालाई दोषारोपण गरेर उम्कने छुट कसैलाई छैन।’ 

मुख्यमन्त्री केसीले कागजी योजना मात्रै राम्रो भएको बताउँदै अब जनताले परिवर्तनको अनुभूति गर्ने गरी परिणाममुखी काम गर्न निर्देशन दिए। ‘हामीले बनाएका योजनाहरू किन सफल भएनन् भन्ने विषयमा निर्ममतापूर्वक समीक्षा गर्नुपर्छ,’ उनले भने ।

प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षत्रीले लुम्बिनीको विकासमा केही नयाँ काम गर्ने उद्देश्यले योजना सम्मेलन गरिएको बताउँदै कर्मचारी संयन्त्रको सहयोग जरुरी रहेको बताए।

corrent noodles
Metro Mart

सम्मेलन उद्घाटनमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का ,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंह, राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीलगायतले बोलेका थिए।

प्रकाशित: Dec 06, 2021| 09:20 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।