शनिबार, चैत ११, २०७९

लुम्बिनी कांग्रेस सभापतिमा संस्थापन इतरका अमरसिंह पुन विजयी

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर (वरिष्ठ नेता रामचन्द्र पौडेल) समूहका अमरसिंह पुन विजयी भएका छन्।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

बुटवल- नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर (वरिष्ठ नेता रामचन्द्र पौडेल) समूहका अमरसिंह पुन विजयी भएका छन्। 

National life insurance

सोमबार बिहान सम्पन्न भएको मतगणनामा पुनले ८५२ मत ल्याएर संस्थापन (शेर बहादुर देउवा) समूहका भरत कुमार शाहलाई पराजित गरेका हुन्। शाहले ७ सय ६७ मत ल्याएका छन्। 

पार्टी सभापति देउवासहित केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणलगायत नेताहरू शाहलाई जिताउन अन्तिमसम्म खटिएका थिए। रोल्पा कांग्रेसका निवर्तमान सभापति, पूर्व राज्यमन्त्री एवं संविधानसभा सदस्य पुनले ८५ मतान्तरले सार्वजनिक लेखा समितिका सभापति, पूर्वराज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य शाहलाई पराजित गरेका हुन्। 

निर्वाचन समितिका अनुसार उपसभापतिमा भने संस्थापन इतर समूहका अष्टभुजा पाठक पराजित भएका छन्। उपसभापतिमा गुल्मीका भुवन श्रेष्ठ ८४७ मत सहित निर्वाचित भएका छन्। 

त्यसैगरि संस्थापन पक्षका राजुखनाल ७९२ मत सहित विजयी भएका छन्। पदाधिकारीमा संस्थापन इतरको समूह विजयी भएको छ।  

worldlink

शनिबार रातीदेखि सुरु भएको मतगणना आइतबार बिहान सकिएको हो। निर्वाचन समितिले केहिबेरमा औपचारिक घोषणा गर्ने छ। लुम्बिनीमा १ हजार ६सय ३१ मत खसेको थियो।

प्रकाशित: Dec 06, 2021| 06:58. 53 सोमबार, मंसिर २०, २०७८

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।