आइतबार, मंसिर २१, २०८२

ओमिक्रोनको भयले पर्यटन क्षेत्र फेरि प्रभावित

ओमिक्रोनका कारण व्यवसाय लामो क्षेत्र गतिविधिविहीन बनेको पर्यटन क्षेत्रमा फेरि शिथिल हुने चिन्ता पर्यटन व्यवसायीमा देखिएको हो।
 |  सोमबार, मंसिर २०, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

सोमबार, मंसिर २०, २०७८

काठमाडौं- २० महिना लामो अवधि कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किँदै गरेको अवस्थामा ओमिक्रोनका भेरियन्टका कारण फेरि प्रभावित हुन थालेको छ। ओमिक्रोनका कारण व्यवसाय लामो क्षेत्र गतिविधिविहीन बनेको पर्यटन क्षेत्रमा फेरि शिथिल हुने चिन्ता पर्यटन व्यवसायीमा देखिएको हो। 

National life

ओमिक्रोन हालसम्म ३८ भन्दा बढी मुलुकमा फैलिइसकेको छ। नेपालमा पनि भित्रिने जोखिम बढेपछि सरकारले ओमिक्रोन देखिएका मुलुकबाट नेपाल प्रवेशमा रोक लगाएको छ। 

महामारी नियन्त्रणमा आएर बाह्य पर्यटक केही मात्रामा बढिरहेको सन्दर्भमा पुनःकोभिड–१९ को ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई त्रसित बनाएको व्यवसायीहरुको भनाई छ। 'बल्ल पर्यटन क्षेत्र चलायमान हुन थालेको थियो, विदेशी पर्यटक आउन थालेका थिए। फेरि ओमिक्रोनको त्रासका कारण व्यवसाय चौपट हुने खतरा बढेको छ,' ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का पूर्व अध्यक्ष नवराज दाहालले भने। उनका अनुसार पर्यटक आउने दर फेरि कम हुन थालिसकेको छ। 

ओमिक्रोनको हाउगुजीका कारण पर्यटन व्यवसायमा फेरि शिथिलता देखिने जोखिम बढेको उनको भनाइ छ। ‘अक्टोबर र नोभेम्बरमा पर्यटक आएकाले आशा पलाएको थियो, तर फेरि कोरोनाको नयाँ भेरियन्टको त्रास फैलिसँगै निराश बनाएको छ,’ उनले भने। स्वास्थ्य सावधानी अपनाएर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा उनको जोड छ। 

नेपालमा पर्यटन क्षेत्रमा प्रतिवर्ष करिब १० अर्बको कारोबार हुने गरेको थियो। तर, २०१९ यता नेपालमा कोरोना भाइरसका कारण करिब २० महिनामा २ खर्बभन्दा बढी घाटा व्यहोरेको पर्यटन बोर्डका निर्देशक लामिछानेले बताए। 
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटन पुरानो गतिमा फर्कने आशा भएपनि नयाँ भेरियन्टको त्रासका कारण नयाँ वर्ष २०२२ मा पर्यटक आगमन घट्ने उनले बताए। उनका अनुसार नयाँ भेरियन्ट डेल्टाभन्दा बढी संक्रात्मक हुने हल्लाले पनि विश्व पर्यटन बजारलाई त्रसित बनाएको छ। नेपालमा अहिले जोखिम देखिइसकेको नभएपनि अबको दुई हप्तापछि कुन लयमा जाने भन्ने मार्गचित्र देखिने उनको भनाइ छ। 

नेपालमा पर्यटन क्षेत्रमा प्रतिवर्ष करिब १० अर्बको कारोबार हुने गरेको थियो। तर, २०१९ यता नेपालमा कोरोना भाइरसका कारण करिब २० महिनामा २ खर्बभन्दा बढी घाटा व्यहोरेको पर्यटन बोर्डका निर्देशक लामिछानेले बताए। 

Laxmi sunrise bank
kumari

सन् २०२१ को ११ महिनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अंग्रेजी वर्षको जनवरीदेखि नोभेम्बरसम्म एक लाख २६ हजार २८३ पर्यटकले नेपाल भ्रमण गरेका छन्।

नोभेम्बरमा मात्रै २६ हजार १ सय ३५ बाह्य पर्यटक नेपाल भित्रिएका छन्। सबैभन्दा बढी भारतबाट १० हजार ४२१, बंगलादेशबाट एक हजार ३८२ पर्यटक आएका छन्। अक्टोबरमा २३ हजार २ सय ८४ जना पर्यटक आएका थिए। 

बाह्य पर्यटक आगमनको पछिल्लो दुई महिनाको तथ्यांक हेर्दा झिनो सुधार भएको  देखिन्छ। यस वर्षको अघिल्लो महिनाको तुलनामा १२ देखि १५ प्रतिशत हाराहारी पर्यटक बढेका छन्। सन् २०१९ को अक्टोबर र नोभेम्बरलाई तुलना गर्दा पर्यटकको आगमन औसतमा उस्तै छ। उक्त वर्ष अघिल्लो महिनाको तुलनामा १३ प्रतिशत पर्यटक बढेका थिए। सन् २०१९ को अक्टोबरमा एक लाख ३० हजार ७४५ र नोभेम्बरमा १ लाख ४७ हजार ८५९ बाह्य पर्यटक नेपाल आएका थिए।

सन् २०२१ मा बाह्य पर्यटकको संख्या दुई लाख पुग्न मुस्किल देखिएको छ। अघिल्लो वर्ष सन् २०२० मा दुई लाख ३० हजार ८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए। उक्त वर्ष दुई महिनामै दुई लाख हाराहारी पर्यटक आएका थिए। जनवरी र फेब्रुअरीमा अत्यधिक संख्यामा पर्यटक आएका थिए। सन् २०१९ मा ११ लाख ७२ हजार ७२ बाह्य पर्यटक नेपाल आएको तथ्यांक छ।

प्रकाशित: Dec 06, 2021| 08:54 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्