मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनी कांग्रेस : स‌स्थापन इतरका पुनकाे अग्रता कायमै, शाहले मतान्तर घटाए

Siddartha premir insuranceSiddartha premir insurance

लुम्बिनी कांग्रेस : स‌स्थापन इतरका पुनकाे अग्रता कायमै, शाहले मतान्तर घटाए

- नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतरका अमरसिंह पुनको अग्रता कायमै छ। आइतबार रातीसम्मको ७ सय ८२ मत गणना हुँदा पौडेल पक्षका सभापतिका उम्मेदवार पुन ८९ मतका साथ अग्रता कायमै राखेका छन्।
 |  आइतबार, मंसिर १९, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

बुटवल- नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतरका अमरसिंह पुनको अग्रता कायमै छ। आइतबार रातीसम्मको ७ सय ८२ मत गणना हुँदा पौडेल पक्षका सभापतिका उम्मेदवार पुन ८९ मतका साथ अग्रता कायमै राखेका छन्।

triton college

केही समयसम्म ७८ मतले अगाडि रहेका पुनले फेरी अग्रतालाई बढाएका हुन्। यद्यपि दिउँसो सय माथिको मतान्तर भएपनि अहिले एक सयको आसपासमा मतान्तर भएको छ।

संस्थापन पक्षका भरत कुमार शाहले दिउँसो भन्दा मतान्तर घटाएका छन्। पुनले ३६५ मत ल्याएका छन्। पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार शाहले २५८ मत प्राप्त गरेका छन्। 

१४औं महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनमा कूल १ हजार ६३१ मत खसेको थियो।पदाधिकारी सहित अधिकांश पदमा भने पुन नेतृत्वको पौडेल समूहले अग्रता कायम गरेको निर्वाचन समितिले जनाएको छ।

गृहमन्त्री बालकृष्ण खाँड केन्द्रीय प्रतिनिधि रहेको लुम्बिनीको मतगणनाको गति भने सुस्त छ। गएरातीबाट मतगणना भएपनि रातीसम्म आधामात्रै मतगणना भएकाले नतिजा आउँदा बिहान हुने अनुमान गरिएको छ।

Metro Mart
vianet

प्रकाशित: Dec 05, 2021| 22:47 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।