शुक्रबार, भदौ १३, २०८२

दाङमा १८ हजारले गराए स्वास्थ्य बिमा

- दाङमा एघार महिनाको अवधिमा करिब १८ हजार जनाले स्वास्थ्य बिमा गराएका छन्। माघ ३० गते देखी दाङमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको थियो।
 |  आइतबार, मंसिर १९, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

vianetvianet

दाङ- दाङमा एघार महिनाको अवधिमा करिब १८ हजार जनाले स्वास्थ्य बिमा गराएका छन्। माघ ३० गते देखी दाङमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको थियो।

Kumaribank

आम नागरिकहरूले सूचना नपाउँदा र कोरोना महामारीका कारण पनि स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुन नसकेको स्वास्थ्य बिमा कार्यक्रम दाङले जनाएको छ। अगामी असार सम्म जिल्लाका साढे २ लाख नागरिकलाई बिमामा आबद्ध गराउने लक्ष्य लिएको बताइएको छ। 

सरकारले बिमा कार्यक्रम मार्फत नागरिकको स्वास्थ्य उपचारलाई राज्यले सुनिश्चित गर्ने उद्देश्य लिएको छ। गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको र सबै जनतालाई सहभागी गराइने उल्लेख छ।

कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. सुरेन्द्रराज उप्रेतीले स्वास्थ्य जोखिम न्यूनीकरण गर्दै पैसाको अभावमा रोगी भएर बस्नु नपर्ने भन्दै यो कार्यक्रम ल्याएको जानकारी दिए। स्वास्थ्य बिमाका लागि ५ जनाको परिवार सम्म ३५ सय रुपैयाँ जम्मा गर्ने र सरकारले एक लाख रुपैयाँको बिमा गरिदिने छ। 

६ जनादेखि माथिको परिवार सदस्य भए प्रति सदस्य ७ सय रुपैयाँ जम्मा गर्दै जाने र २ लाख रुपैयाँको बिमा सरकारले गर्ने छ। सरकारले अति गरिब, पूर्ण अपांगता, क्षय तथा कुष्ठ र एचआइभी सङ्क्रमित र ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई एक लाख रुपैयाँ सम्मको निःशुल्क बिमा गर्ने छ। 

Metro Mart

त्यस्तै महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई योगदानको रकममा ५० प्रतिशत छुट गर्ने कार्यक्रम रहेको छ। 

प्रकाशित: Dec 05, 2021| 21:30 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।