शुक्रबार, चैत ६, २०८२

जोखिम समूहलाई कोभिडको 'बुस्टर डोज' दिने सरकारको निर्णय

सरकारले वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई थप खोप दिने निर्णय गरेको छ।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं– सरकारले वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई थप खोप दिने निर्णय गरेको छ। आइतबार संघीय संसद् शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा परिवार कल्याण महाशाखाका प्रमुख विवेक लाल कर्णले कोभिडको बुस्टर डोजबारे सरकारले निर्णय गरिसकेको बताएका हुन्। 

National life

उनका अनुसार राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले भेरोसेल खोप लगाएका वृद्धवृद्धलाई बुस्टर डोज दिनुपर्ने निर्णय गरेको हो। कहिलेदेखि सुरु गर्ने भन्नेबारेमा भने छलफल भइरहेको छ। 

विश्व स्वास्थ्य संगठनले ज्येष्ठ नागरिक, दीर्घरोगी तथा अंग प्रत्यारोपण गरेका व्यक्तिलाई बुस्टर डोज दिन सकिने बताएको छ। सोही अनुसार पहिलो चरणामा यो निर्णय गरिएको हो। बैठकमा समितिकी सभापति जयपुरी घर्तीले वृद्धवृछालाई घरघरमै गएर खोप दिन निर्देशन दिएकी थिइन्।

यसैगरी सरकारले मंसिर अन्तिम वा पुस महिनाको सुरुदेखि बालबालिकालाई पनि कोभिडविरुद्धको खोप लगाउने तयारी गरेको छ। बैठकमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले १६ हजार खोप केन्द्रबाट देशैभर बालबालिकाका लागि खोप अभियान सुरु गर्ने जानकारी दिए। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढे पनि तत्काललाई लकडाउनको विषयमा भने सरकारले अहिले केही नसोचेको उनले बताए।

यसैबीच, सरकारले ओमिक्रोन भाइरस पुष्टि भएका देशबाट नेपाल नेपाल प्रवेशमा रोक लगाएको छ। आइतबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका विशेषज्ञ डाक्टर गुणराज लोहनीले यो जानकारी दिएका हुन्।

Laxmi sunrise bank
kumari

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा अध्यागमन विभागले संक्रमणको पुष्टि भएका देशबाट नेपाल प्रवेशको अनुमति नदिने व्यवस्था गरिएको उनले बताए। ओमिक्रोनको जोखिम बढ्दै गएको भन्दै सरकारले सो निर्णय गरेको हो।

पहिलो पटक दक्षिण अफ्रिकामा देखिएको यो भाइरस छिमेक भारतमा पनि देखा परिसकेको छ। दक्षिण भारतको कर्नाटक राज्यका दुई व्यक्तिमा कोरोना भाइरसको ओमिक्रोन भेरिअन्ट फेला परेको हो। संक्रमितमध्ये एक जना दक्षिण अफ्रिकाबाट आएका यात्रु र अर्का कर्नाटककै चिकित्सक हुन्। 

प्रकाशित: Dec 05, 2021| 15:24 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्