शनिबार, जेठ २, २०८३

टेक्सास कलेजद्वारा विद्यार्थीको क्षमता अभिवृद्धिका लागि तीन संस्थासँग सम्झौता

टेक्सास कलेज अफ म्यानेजमेन्ट र आईटीले स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूको सीपवृद्धि, सीप विकास र पुनर्ताजगी सीप तथा ज्ञानको प्रवर्द्धनका लागि तीन प्रसिद्ध संस्थाहरूसँग सम्झौता गरेको छ।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं– टेक्सास कलेज अफ म्यानेजमेन्ट र आईटीले स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूको सीपवृद्धि, सीप विकास र पुनर्ताजगी सीप तथा ज्ञानको प्रवर्द्धनका लागि तीन प्रसिद्ध संस्थाहरूसँग सम्झौता गरेको छ। 

National life

कलेजले यही मंसिर १७ गते शुक्रबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि फ्र्याङकलिन कोभे, नेशनल ब्याङ्किङ इन्स्टिच्युट र स्कील ल्याबसँग सो सम्झौता गरेको हो। 

टेक्सास इन्टरनेशनल कलेजका सिइओ तथा प्रिन्सिपल भेषराज पोखरेलले नेपालको सर्वोच्च राष्ट्रिय स्तरको बैंकिङ संस्था, नेशनल बैंङ्किङ इन्स्टिच्युटका कुमार लम्सालसँग स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूका लागि बैंङ्किङ र बीमासम्बन्धि तालिम प्रदान गर्ने उद्देश्यले सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

त्यस्तै, फ्र्याङ्कलिन कोभे नेपाल र भुटान तथा इपिफ्यानो स्क्वार्ड प्रालिका सिइओ तथा परामर्शदाता नारायण प्रधानसँग स्किल ल्याबका संस्थाका निर्देशक किशोर मण्डलसँग सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

टेक्सासले विद्यार्थीमा तालिम, विकास तथा व्यवस्थापन विभागमार्फत मूल्यसहितको वैकल्पिक, वैज्ञानिक तथा समाहित शैक्षिक वातावरणको निर्माण गर्ने विश्वास गर्ने बताउँदै आएको छ। 

प्रकाशित: Dec 05, 2021| 15:16 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्