शुक्रबार, चैत ६, २०८२

ओमिक्रोन पुष्टि भएका देशबाट नेपाल प्रवेशमा रोक

सरकारले ओमिक्रोन भाइरस पुष्टि भएका देशबाट नेपाल नेपाल प्रवेशमा रोक लगाएको छ।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– सरकारले ओमिक्रोन भाइरस पुष्टि भएका देशबाट नेपाल नेपाल प्रवेशमा रोक लगाएको छ। आइतबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका विशेषज्ञ डाक्टर गुणराज लोहनीले यो जानकारी दिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा अध्यागमन विभागले संक्रमणको पुष्टि भएका देशबाट नेपाल प्रवेशको अनुमति नदिने व्यवस्था गरिएको उनले बताए। ओमिक्रोनको जोखिम बढ्दै गएको भन्दै सरकारले सो निर्णय गरेको हो।

पहिलो पटक दक्षिण अफ्रिकामा देखिएको यो भाइरस छिमेक भारतमा पनि देखा परिसकेको छ। दक्षिण भारतको कर्नाटक राज्यका दुई व्यक्तिमा कोरोना भाइरसको ओमिक्रोन भेरिअन्ट फेला परेको हो। संक्रमितमध्ये एक जना दक्षिण अफ्रिकाबाट आएका यात्रु र अर्का कर्नाटककै चिकित्सक हुन्। 

प्रकाशित: Dec 05, 2021| 14:19 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्