शनिबार, जेठ २, २०८३

कक्षा ११ र १२ मा यस्ता विद्यार्थीले मात्रै लिन पाउने छन् शैक्षिक प्रमाणपत्र

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले कक्षा ११ र १२ दुवैमा सैद्धान्तिक विषयमा डिप्लस र प्रयोगात्मक विषयमा सी ग्रेड ल्याएका विद्यार्थीले मात्र शैक्षिक प्रमाणपत्र लिन आवेदन दिन सक्ने जनाएको छ।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले कक्षा ११ र १२ दुवैमा सैद्धान्तिक विषयमा डिप्लस र प्रयोगात्मक विषयमा सी ग्रेड ल्याएका विद्यार्थीले मात्र शैक्षिक प्रमाणपत्र लिन आवेदन दिन सक्ने जनाएको छ।

National life

बोर्डबाट उपलब्ध गराइने शैक्षिक प्रमाणपत्रहरू (ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल) प्राप्त गर्नका लागि  बोर्डको मापदण्ड पुगेका परीक्षार्थीले मात्र आवेदन दिन सक्ने जनाएको हो। बोर्डले अङ्काङ्कन पद्दति  (रजिस्ट्रेसन  नम्बरको  सुरुको  दुई  अङ्क  ७३  वा  सोभन्दा  कम  भएका)  परीक्षामा सहभागी विद्यार्थीहरूले कक्षा ११ र १२ का सबै विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत  र  प्रयोगात्मक तर्फ  न्यूनतम चालिस  प्रतिशत अङ्क  प्राप्त  गरेका परीक्षार्थीले शैक्षिक प्रमाणपत्र लिन  निवेदन पेस गर्नसक्ने जनाएको छ।

यसका साथै अक्षराङ्कन पद्दति (रजिस्ट्रेसन नम्बरको सुरुको दुई अङ्क ७४ वा सोभन्दा बढी भएका) परीक्षामा सहभागी विद्यार्थीले कक्षा ११ र १२ का सम्पूर्ण विषयमा सैद्धान्तिकतर्फ न्यूनतम (डी प्लस) र प्रयोगात्मक तर्फ न्यूनतम (सी) ग्रेड प्राप्त विद्यार्थीले मात्र शैक्षिक प्रमाणपत्रका लागि निवेदन दिन सक्नेछन्।

बोर्डले कुनै विद्यार्थीले तोकिएको ग्रेड प्राप्त नगरी रकम दाखिला गरेमा उक्त रकम फिर्ता नहुने जनाएको छ।

यसका साथै शैक्षिक  योग्यताका  प्रमाणपत्र  लिई  सकेका  विद्यार्थीहरूले  ग्रेडवृद्धि  परीक्षा  दिन  नपाउने बोर्डले जनाएको छ।बोर्डले कुनै विषयमा (सी) वा (डी प्लस) प्राप्त गरी पुनः ग्रेडवृद्धिका लागि परीक्षा दिने विद्यार्थीहरूले ग्रेडवृद्धि परीक्षाको नतिजा आउनुपूर्व नै शैक्षिक प्रमाणपत्र लिएको खण्डमा पछिल्लो पटक दिएको ग्रेडवृद्धि परीक्षाको परीक्षाफल  समावेश  नहुने  हुँदा  त्यस्ता  विद्यार्थीहरूले  ग्रेडवृद्धि  परीक्षाको  नतिजा  प्राप्त  भए  पश्चात्  मात्र शैक्षिक योग्यताका प्रमाणपत्रका निवेदन पेस गर्न सूचित गरेको छ।

शैक्षिक प्रमाणपत्र ट्रान्सक्रिप्ट – ३५०, माइग्रेसन – ४०० र प्रोभिजनल – ३५० गरी जम्मा १ हजार १ सय  शुल्क  लाग्ने बोर्डले जनाएको छ।

प्रकाशित: Dec 05, 2021| 13:54 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्