शनिबार, जेठ २, २०८३

कक्षा १२ को ग्रेडवृद्धिको परीक्षा माघ २ र ३ गते

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धिको परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ। परीक्षा दिउँसो ११ बजेदेखि दुई बजेसम्म सञ्चालन हुने छ।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धिको परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ। परीक्षा दिउँसो ११ बजेदेखि दुई बजेसम्म सञ्चालन हुने छ।

National life

बोर्डले एक विषयको मात्र परीक्षा दिने विद्यार्थीले जुनसुकै विषयको परीक्षा दिन पाउने भए पनि दुई विषयमा परीक्षा दिने विद्यार्थीका लागि आफूले परीक्षा दिने विषयको ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिन पाउने व्यवस्था गरेको छ।

बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गरेको परीक्षामा थोरै जीपीए आएका विषयमा विद्यार्थीले ग्रेडवृद्धिका लागि परीक्षा दिन पाउने व्यवस्था गरेको छ।

परीक्षामा सामेल हुन चाहने विद्यार्थीले सम्बन्धित विद्यालयका प्रधानाध्यापकबाट प्रमाणित गराई आगामी पुस १८ गतेभित्र आवेदन फारम भरिसक्नु पर्ने बोर्डले जनाएको छ।

विद्यार्थीले दोब्बर शुल्कसहित पुस २२ गतेसम्ममा फारम विद्यालयमा बुझाउनुपर्ने र विद्यालयले विद्यार्थीले भरेको फारम २६ गते सम्ममा बोर्डका कार्यालयमा बुझाउनु पर्नेछ। परीक्षाफल रद्द भएका परीक्षार्थीहरूले भने ग्रेड वृद्धि परीक्षामा सहभागी हुन नपाउने बोर्डले जनाएको छ।

प्रकाशित: Dec 05, 2021| 13:26 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्