आइतबार, चैत १९, २०७९

लुम्बिनी कांग्रेसमा पौडेल समूहका उम्मेदवारको अग्रता

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणनामा सभापतिका उम्मेदवार अमरसिंह पुनको प्यानलका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

बुटवल- नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणनामा सभापतिका उम्मेदवार अमरसिंह पुनको प्यानलका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्। संस्थापन इतर समूहबाट सभापतिमा उठेका पुनको प्यानलका उम्मेदवारले अग्रता लिएको निर्वाचन समितिले जनाएको छ।

National life insurance

राति १२ बजेदेखि सुरु भएको मतगणनामा अहिलेसम्म २०० मत गणना भएको निर्वाचन समिति संयोजक बुद्धबहादुर थापाले बताए। खुल्लातर्फ २०० र जिल्लातर्फ करिब २५० मत गणना भएको उनले जानकारी दिए।

सभापति तथा पदाधिकारीको भने गणना भएको छैन। शनिबार बिहान ११ बजेदेखि भैरहवास्थित महेन्द्र सभागृहमा सुरु भएको मतदान साँझ साढे ५ बजे सकिएको थियो। तर गणना भने ठाउँ सार्दा ढिला भएको हो। महेन्द्र सभागृहमा आइतबारलाई ठाउँ नपाइएका कारण गणना गर्ने ठाउँ सार्नुपरेको निर्वाचन समिति संयोजक थापाले बताए। प्रदेश समितिको नेतृत्वका लागि संस्थापन समूहबाट साह र संस्थापन इतरबाट पुन प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन्। 

उपसभापतिमा अष्टभुजा पाठक, भुवन श्रेष्ठ, राजु खनाल र सुधाकर पाण्डे प्रतिस्पर्धामा छन्।  पाठक र श्रेष्ठ रामचन्द्र पौडेल समूहका हुन् भने खनाल र पाण्डे संस्थापन निकट हुन्।

दुई जना महामन्त्रीका खिमानसिंह रायमाझी, जन्मजय तिमिल्सेना, ताराप्रसाद फुल्लेल, विक्रम खनाल र सुरेन्द्रराज आचार्य प्रतिस्पर्धामा छन्। जसमा खनाल र आचार्य पौडेल पक्षका हुन् भने बाँकी तीनजना संस्थापन समूहका हुन्।

worldlink

प्रकाशित: Dec 05, 2021| 09:05. 00 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।