आइतबार, जेठ १७, २०८३

कांग्रेस अधिवेशन : प्रदेश १ मा सकियो मतदान, मतगणना आइतबार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश १ को मतदान सम्पन्न भएको छ। शनिबार भएको मतदानमा १८०४ मतदाता रहेकोमा १७५२ मत खसेको छ।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

विराटनगर- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश १ को मतदान सम्पन्न भएको छ। शनिबार भएको मतदानमा १८०४ मतदाता रहेकोमा १७५२ मत खसेको छ। 

National life

निर्वाचन समितिको कमजोरीका कारण ढिलोगरी मतदान सुरु भएको थियो। निर्वाचन समितिले अन्तिम सूची र मतपत्रमा उम्मेदवारको नाम नै छुटाएपछि विवाद हुँदा मतदान प्रक्रियामा ढिलाइ भएको हो।

प्रदेश सदस्य पदमा उम्मेदवारी दिएका शान्तिकला राई, जीवन नेपाली र श्याम खड्गीको नाम निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा छुटेपछि विवाद हुँदा मतदान रोकिएको थियो। अर्को मतपत्र छाप्दा मतदान रोकिने भएपछि नेताहरूले नामछुटेकालाई सर्वसम्मत गर्ने निर्णय गरेपछि बिहान ८ बजे हुने भनिएको मतदान दिउँसो २ बजेपछि मात्रै सुरु भएको थियो। 

खड्गीले भूगोल, नेपालीले दलित र राईले खुलाबाट उम्मेदवारी दर्ता गराएका थिए। नाम छुटेका तीनै जनाले शुक्रबार मनोनयन दर्ता गराएका थिए। 

मतगणना भने आइतबार बिहान ८ बजेदेखि मात्रै सुरु गरिने निर्वाचन समितिले जनाएको छ। प्रदेश सभापतिका लागि संस्थापन पक्षबाट उद्धव थापा र इतर समूहबाट गुरुराज घिमिरेबीच प्रतिस्पर्धा भएको छ।

Shivam cement

प्रकाशित: Dec 04, 2021| 20:25 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।