शुक्रबार, चैत ६, २०८२

धेरै रिसालु स्वभावले ज्यानै लिन सक्छ!

अध्ययनका अनुसार रिस लाग्दा शरीर तथा मस्तिष्कमा नकारात्मक असर पर्छ। जसले हार्ट अट्याक तथा स्ट्रोक जस्ता समस्याको कारण बन्नसक्छ। यस्तो अवस्थालाई ज्यानै लिने अवस्था मान्न सकिन्छ।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं- कुनै कुरा मन नपर्दा वा विवाद हुँदा रिस उठ्नु स्वाभाविकै हो। यस्तो प्रकारको स्वभावलाई सामान्य पनि मानिन्छ। तर, सामान्य कुरामा पनि पटक-पटक रिस लाग्छ भने त्यो राम्रो होइन। कतिपय मान्छे रिस लाग्दा आफूलाई नियन्त्रण नै गर्न सक्दैनन्। यस्तो अवस्थालाई स्वास्थ्यका लागि हानिकारक मानिन्छ।

National life

सामान्य कुरामा पनि पटक-पटक रिस उठ्ने बानिलाई स्वास्थ्य विशेषज्ञहरूले समस्याको रूपमा लिन्छन्। जसले ज्यानै लिने जोखिमसमेत रहन्छ। 

अध्ययनका अनुसार रिस लाग्दा शरीर तथा मस्तिष्कमा नकारात्मक असर पर्छ। जसले हार्ट अट्याक तथा स्ट्रोक जस्ता समस्याको कारण बन्नसक्छ। यस्तो अवस्थालाई ज्यानै लिने अवस्था मान्न सकिन्छ। 

युरोपियन हार्ट जर्नलमा प्रकाशित शोधमा वैज्ञानिकहरूले स्ट्रोकका लागि रिस प्रमुख कारण भएको उल्लेख गरेका छन्। स्ट्रोक पीडितमाथि गरिएको अध्ययनले ११ जना स्ट्रोक पीडितमा एक जना रिसको कारणले ग्रसित भएको पाइएको थियो। एनयूआई गोलवेका क्लिनिकल इपिडिमियोलोजीका प्रोफेसर एन्ड्रयू स्मिथले स्ट्रकको रोकथामका लागि उच्च रक्तचाप, मोटोपन, धुमपान जस्ता कारणका साथै रिस पनि एक भएको जनाएका छन् ।

यसका साथै रिसका कारण हुने स्वास्थ्य समस्यालाई लिएर गरिएको अध्ययनमा वैज्ञानिकहरूले मुटुमा समेत असर गरेको पाइएको जनाएका छन्। मुटुमा असर गर्ने भएकाले स्ट्रोकको जोखिम तीन गुणा बढ्ने बताइएको छ। 

Laxmi sunrise bank
kumari

प्रोफेसर स्मिथले रिस र भावनात्मक समस्या भएका मानिसमा स्ट्रोकको जोखिम ३० प्रतिशत बढी हुने बताएका छन्। यसका साथै अधिक शारीरिक परिश्रम गर्ने मानिसमा ६० प्रतिशतभन्दा बढी स्ट्रोकको जोखिम हुन्छ। यसका साथै महिलामा स्ट्रोकको जोखिम बढी हुन्छ। 

स्वास्थ्य विशेषज्ञका अनुसार हार्ट अट्याक तथा स्ट्रोक जस्ता गम्भीर समस्याबाट बच्नका लागि रिस नियन्त्रण गर्नुपर्छ। यदि बढी नै रिस लाग्ने समस्या भएमा स्वास्थ्य विशेषज्ञलाई देखाउनु राम्रो मानिन्छ।

प्रकाशित: Dec 05, 2021| 04:50 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्