आइतबार, जेठ १७, २०८३

कांग्रेस अधिवेशन : प्रदेश १ मा सुरु भयो मतदान

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान सीता राना मगरले हङकङमा आयोजना हुने क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएकी छन्।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

विराटनगर - नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भइरहेको प्रदेश १ अधिवेशनका लागि मतदान प्रक्रिया सुरु गरिएको छ। 

National life

मतपत्रमा नाम छुटेका तीन जनालाई सर्वसम्मत गर्ने सहमतिपछि प्रदेश १ को मतदान प्रक्रिया अघि बढाइएको निर्वाचन समितिका अधिकृत भरत थापाले जानकारी दिएका छन्। 

उनका अनुसार मतपत्रमा नाम छुटेका जीवन नेपाली (दलित कोटा), शान्तिकला राई (महिला कोटा) र भूगोलबाट श्याम खड्गीलाई सर्वसम्मत गर्ने सहमति भएको छ। 

निर्वाचन कार्यतालिका अनुसार बिहान ८ बजेदेखि मतदान गर्ने भनिए पनि मतपत्रमा तीन जनाको नाम छुटेपछि ६ घण्टापछि मतदान सुरु भएको हो। 

नेपाली कांग्रेस प्रदेश १ को अधिवेशनमा नौ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी परेको छ। शुक्रबार भएको उम्मेदवारी मनोनयन दर्ताका क्रममा नौ पदाधिकारी पदमा २० जनाले उम्मेदवारी दर्ता गरेका हुन्।

Shivam cement

कांग्रेसको प्रदेश १ सभापतिमा गुरूराज घिमिरे र उद्धव थापा चुनावी प्रतिष्पर्धामा छन्। संस्थापन पक्षबाट झापाका थापा र संस्थापन इतर पक्षबाट मोरङका घिमिरे प्रदेश सभापतिको भिडन्तमा छन्। प्रदेश १ मा  नेता कृष्णप्रसाद सिटौला देउवा समूहसँग मिलेको छ।

प्रकाशित: Dec 04, 2021| 15:55 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।