काठमाडौं- नेपाली कांग्रेस प्रदेश १ अधिवेशनअन्तर्ग मतदान सरेको छ। मतपत्रमा त्रुटि भएपछि मतदानको समय सरेको निर्वाचन समितिले जनाएको छ।
शनिबार बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिएपछि मतपत्रमै त्रुटि भेटिँदा मतदान सरेको हो। निर्वाचन समितिले अब त्रुटि सच्याएर दिउँसो १ बजेदेखि मात्रै मतदान प्रक्रिया सुरु हुने जनाएको छ।
नेपाली कांग्रेस प्रदेश १ को अधिवेशनमा नौ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी परेको छ। शुक्रबार भएको उम्मेदवारी मनोनयन दर्ताका क्रममा नौ पदाधिकारी पदमा २० जनाले उम्मेदवारी दर्ता गरेका हुन्।
कांग्रेसको प्रदेश १ सभापतिमा गुरूराज घिमिरे र उद्धव थापा चुनावी प्रतिष्पर्धामा छन्। संस्थापन पक्षबाट झापाका थापा र संस्थापन इतर पक्षबाट मोरङका घिमिरे प्रदेश सभापतिको भिडन्तमा छन्। प्रदेश १ मा नेता कृष्णप्रसाद सिटौला देउवा समूहसँग मिलेको छ।