शनिबार, जेठ २, २०८३

टेकु अस्पतालको इमर्जेन्सीमा उपचार निःशुल्क

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले इमर्जेन्सी सेवा निःशुल्क सञ्चालन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निर्देशनमा नि:शुल्क इमर्जेन्सी सेवा सञ्चालन गरिएको हो।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले इमर्जेन्सी सेवा निःशुल्क सञ्चालन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निर्देशनमा नि:शुल्क इमर्जेन्सी सेवा सञ्चालन गरिएको हो।

National life

नेपालको संविधानमा नागरिकले स्वास्थ्य सुविधा प्राप्त गर्ने अधिकारलाई मौलिक हकका रूपमा उल्लेख गरेसँगै सबै सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्यअन्तर्गत पहिलो चरणमा टेकुबाट अभियान थालनी गरिएको उनले बताए।

कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै जनताको स्वास्थ्यको हक सुनिश्चित गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले यही मङ्सिर १९ गतेदेखि यो व्यवस्था लागू गर्न लागेको उनले बताए।

आइतबारदेखि टेकु अस्पतालमा नि:शुल्क इमर्जेन्सी सेवा लिन सकिने उनले जानकारी दिए। यसका लागि आवश्यक सहजीकरण र व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने मन्त्री खतिवडाको भनाइ छ। 

अस्पतालका तर्फबाट निर्देशक डा. मनिषा रावलले मङ्सिर १५ गते पत्र लेखेर आवश्यक सहयोग र सो सेवाबारे जानकारी गराइसकेकी छिन्।

निःशुल्कअन्तर्गत रगत परीक्षण, एक्सरे, इसिजी, टिकटलगायतका सुविधा र २४ घण्टाभित्रको परीक्षण सुविधा तथा त्यसमा लाग्ने औषधिसमेत रहेको मन्त्री खतिवडाको सचिवालयले जनाएको छ।

सिविसी, आरबीएस, युरिया क्रियटिभ, सोडियम, पोटासियम, युरिन आरएमइ, स्टुल आरएमइ, एक्सरे चेस्ट, इसिजी, ब्लड ग्रुपिङ, सिटी स्क्यानलगायत सेवा नि:शुल्क हुने छन्।

प्रकाशित: Dec 04, 2021| 09:52 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्