बुधबार, जेठ २०, २०८३

कांग्रेस लुम्बिनी अधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान

नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ। सभापतिका लागि भरत शाह र अमरसिंह पुन प्यानलसहित चुनावी मैदानमा छन्।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

बुटवल- नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ। सभापतिका लागि भरत शाह र अमरसिंह पुन प्यानलसहित चुनावी मैदानमा छन्।

National life

संस्थापन पक्षका उम्मेदवार शाह संसदको सार्वजनिक लेखा समितिका सभापति हुन् भने रामचन्द्र पौडेल निकट पुन पूर्वराज्यमन्त्री एवं कांग्रेस रोल्पा जिल्ला समितिका निवर्तमान सभापति हुन्।

बिहान साढे ८ बजेदेखि मतदान सुरु हुने छ भने मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी छ। कांग्रेसको लुम्बिनी प्रदेश उपसभापतिका लागि संस्थापनबाट राजु खनाल र सुधाकर पाण्डे तथा पौडेल पक्षबाट भुवन श्रेष्ठ र अष्टभुजा पाठक प्रतिस्पर्धामा छन्।

दुई महामन्त्री पदका लागि संस्थापनबाट जन्मजय तिमिल्सेना र खिमानसिंह रायमाझी तथा पौडेल पक्षबाट विक्रम खनाल र सुरेन्द्रराज आचार्यले उम्मेदवारी दिएका छन्। तीन सहमहामन्त्रीमा संस्थापनबाट लक्ष्मीनारायण शाह, सरिता चौधरी र माया पुन तथा पौडेल पक्षबाट विष्णु खनाल (मुस्कान), खगराज पाण्डे र निमा गिरी प्रतिष्पर्धामा छन्।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये नौ जिल्लामा पौडेल पक्षले सभापति जितेको छ। रुपन्देही र बर्दियामा भने संस्थापन पक्षले सभापति जितेको छ। बाँके जिल्लाको अधिवेशन अझै भएको छैन।

Shivam cement

लुम्बिनी प्रदेश अधिवेशनमा प्रदेश सदस्यका लागि १२ जिल्लाका लागि जिल्लागत निर्वाचन हुनेछ। जसमा १२ महिलासहित २४ जना र खुलामा पाँच महिलासहित १७ जनाका लागि निर्वाचन हुने निर्वाचन समिति संयोजक बुद्धबहादुर थापाले बताए। 

समावेशी सदस्यमा खस आर्यतर्फ चार महिलासहित आठ जना, आदिवासी जनजातीमा दुई महिलासहित पाँच जना, मधेशीमा दुई  महिलासहित चार जना, दलितमा दुई महिलासहित चार जना, थारुमा दुई महिलासहित चार जना, मुस्लिम एक महिलासहित दुई जना र अल्पसंख्यक वा अपाङ्गमध्ये एक जना गरी ६१ जनाको लुम्बिनी प्रदेश समिति हुने काँग्रेसको विधानमा उल्लेख छ। लुम्बिनी प्रदेशमा प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि गरी एक हजार ६४८ जना मतदाता रहेका छन्।

प्रकाशित: Dec 04, 2021| 07:45 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।