शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ४-१ ले जिते पनि किन असन्तुष्ट छ सातदोबाटो? पराजितको प्रदर्शन राम्रो!

४-१ ले जिते पनि किन असन्तुष्ट छ सातदोबाटो? पराजितको प्रदर्शन राम्रो!

यही वर्ष मात्र ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटोले तेस्रो खेलसम्म हार व्यहोरेको छैन। पहिलो खेल गोलरहित बराबरी खेलपछि उसले दोस्रो खेलमा थ्रीस्टारविरुद्ध १-० गोलको जित निकालेको थियो।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

काठमाडौं- पहिलो खेलमा फ्रेन्ड्ससँग बराबरीमा रोकिएको सातदोबाटो युथ क्लबले सहिद स्मारक 'ए' डिभिजन लिगमा निखारिँदै अघि बढिरहेको छ। त्यसै मेसोमा उसले शुक्रबार राति लिगको तेस्रो खेलमा विभागीय टिम एपीएफलाई ४-१ गोलअन्तरले हरायो।

National life

यही वर्ष मात्र ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटोले तेस्रो खेलसम्म हार व्यहोरेको छैन। पहिलो खेल गोलरहित बराबरी खेलपछि उसले दोस्रो खेलमा थ्रीस्टारविरुद्ध १-० गोलको जित निकालेको थियो।

आजको जितपछि सातदोबाटोका प्रशिक्षक मेघराज केसीले खेलाडीको प्रदर्शनमा असन्तुष्टि जनाएका छन्। उनी भन्छन्, ‘आजको खेल चाहिँ पानी परेर मैदानको कारण पनि चित्तबुझ्दो भएन। नसोचेको र बेमौसमको पानी पर्यो। टिमको क्वालिटी कम नै छ। एपीएफले नयाँ गोलकिपर ल्याएको थियो। त्यसको फाइदा हामीले लिएका छौं। आजको जितको कारण त्यही थियो।’

यता, सुरुवाती दुई खेलमा हार व्यहोरेपछि एपीएफलाई तेस्रो चरणको खेलमा जित निकाल्नका लागि दबाब थियो। तर उसले सातदोबाटोसँग हार खेप्नुपर्‍यो। यससँगै एपीएफले लिगका सुरुवाती तिनै खेलमा हार व्यहोरेको छ।

यद्यपि आज खेलाडीले राम्रो खेलेकाले आफू सन्तुष्ट रहेको एपीएफका प्रशिक्षक कुमार थापाले बताए। उनले भने, ‘हार त भयो तर राम्रो खेलेका छौं। पहिलो र दोस्रोभन्दा राम्रो खेलेको हो। नतिजाले सन्तुष्ट नभए पनि खेलमा राम्रो हुँदै गइरहेको छ।’

Laxmi sunrise bank
kumari

करिब एक हजार ७०० समर्थक माझ शुक्रबार साँझ सातादोबाटोलाई जित दिलाउन मार्टिन कयोद अजयीले ह्याट्रिक गरे। उनले खेलको ४३ औं, पहिलो हाफका इन्ज्युरी समय र ५८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।

पहिलो हाफको ४३औं मिनेटमा फरवार्ड मार्टिनले सिक्स यार्ड बक्स बाहिरबाट गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए। उनले अफसाइड ट्राप बिट गर्दै गोल गरेका हुन्। उनले नै पहिलो हाफमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए। एपीएफका प्रशिक्षक थापाले भने त्यो गोल अफसाइड नै रहेको शंका गरेका छन्।

त्यसअघि खेलको १९औं मिनेटमा गोलकिपर घाइते भएपछि उनको ठाउँमा नयाँ गोलकिपर दिलकुमार योङहाङ लिम्बू मैदान प्रवेश गरेका थिए। उनले दशरथ रंगशालामा पहिलो खेल खेलेका हुन्। एपीएफको पहिलो रोजाइका गोलकिपर अघिल्लो खेलमा नै घाइते भएपछि उनी उपचारमा छन्।


दोस्रो गोलकिपर अमृत कुमार चौधरी पनि घाइते भएपछि लिम्बूले अवसर पाएका थिए। ‘राजु अझै तीन हप्ता मैदान फर्किँदैनन् भनेर चिकित्सकले भनेका छन्। आज घाइते भएको अमृतको अमृतको उपाचार हुँदैछ। उनको अवस्थाबारे जानकारी आइसकेको छैन। नयाँ किपरले पनि गाह्रो भयो। उसले पहिलो पटक रंगशालामा खेलेको हो राजुले। गोलकिपर धेरै संवेदनशील पोजिसन हो। अब किपर त खोज्नै पर्‍यो,’ प्रशिक्षक थापाले भने।

खेलको पहिलो हाफमा सतादोबाटोले धेरै अवसर गुमाएको थियो। विभागीय टिम एपीएफले पनि अवसर नतिजामा देखाउन सकेन। २०औं मिनेटमा शनीश श्रेष्ठको प्रहार पोस्टबाट बाहिरिएको थियो भने २४ औं मिनेटमा एपीएफको अर्को प्रहार त्यसरी नै बाहिरिएको थियो।

कर्नरबाट बिकी तामाङले दिएको बललाई श्रेष्ठले हेडरमार्फत गोलको प्रयास गरे पनि बल पोस्टबाट बाहिर गयो। त्यस्तै पहिलो हाफमा आवास लामिछानेले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार गोलकिपर अभिषेक बरालले बचाएका थिए।

खेलको ३८औं मिनेटमा सातदोबाटोका मर्टिनले एक्लो प्रयासमा गोल गर्न सकेका थिएनन्। त्यसको अर्को मिनेटमा सातदोबाटोका आकाश बुढा मगर र मार्टिन्सको प्रसालाई गोलकिपर दिल कुमार योङहाङ लिम्बूले रक्षा गरे।

पहिलो हाफमा एपीएफले गोल गर्न नसकेपछि खेलमा सातदोबाटोले २-० गोलको अग्रता बनायो। संभावित प्रयासमा गोल गर्न नसकेको कुरालाई अंकित गर्दै सातदोबाटोका प्रशिक्षक मेघराज केसी स्ट्राइकरको समस्या समाधान भइनसकेको बताउँछन्। उनले भने, ‘हाम्रो चार गोल भयो तर स्ट्राइकको समस्या समाधान भएको छैन। हाम्रो गोल हुनुपर्ने गोल भएन।’

पहिलो हाफमै दुई गोलले पछि परे पनि एपीएफले दोस्रो हाफमा आक्रामक सुरुआत गरेको थियो। दोस्रो हाफको ४९ औं मिनेटमा पोस्टको बायाँबाट प्रहार गर्दै विकीले गोल गरे। ‘दुई गोल खाएपछि एक गोल फर्काएर पुनरागमन गर्ने प्रयास थियो। तर सातदोबाटोले नै धेरै दबाब दियो,’ प्रशिक्षक थापाले भने।

यता एपीएफले गोल गरेको एक मिनेट नबित्दै सातदोबाटोले गोल फर्कायो। सुशील राईले गोल गर्दै सातदोबाटोलाई ३-१ गोलअन्तरको अग्रता दिलाए। 

लिगमा हार व्यहोरिरहेको एपीएपले धेरै खेलाडीलाई अवसर दिइरहेको छ। ‘हामीले तीन खेलमा १६ खेलाडीलाई नै अवसर दिएको छ। अब उनीहरुले नै प्रदर्शन राम्रो गर्नुपर्छ। आजको खेलमा राइट डिफेन्डर मान बहादुर राना मगरले गोल गर्न सकेनन्। बाँकी डिफेन्स राम्रो थियो। तर मार्किङको कमी रह्यो,’ प्रशिक्षक थापाले दोस्रो हाफको गोलबारे भने।

सुशील राईको गोलको ८ मिनेटपछि सातदोबाटोले अर्को गोल थप्यो। यो मार्टिन्सको ह्याट्रिक थियो। ह्याट्रिकसँगै सातदोबाटोले ४–१ गोलको अग्रता बनाएको थियो। सोही अग्रताका साथ सातदोबाटोले खेल जित्यो।

खेल समग्रमा कस्तो रह्यो त? जवाफमा सातदोबाटोका प्रशिक्षक केसी भन्छन्, ‘प्रदर्शन जस्तो भए पनि नतिजाले सन्तुष्टि दिएकै मान्नुपर्छ। आज एपीएफले राम्रो खेलेर एटेम्प्ट चाहिँ गर्यो। डिफेन्सबाट ल्याएर एट्याकिङ थर्डमा पनि मुभ बनाएको हो तर उनीहरुको दुर्भाग्य गोल भएन। म मेन्टल्ली जितको लागि तयार भएर आएको हुन्छु। पहिलो खेलमा दुई अंक गुमायौँ अब नगुमाउने विचार छ।’


सानदार जितसँगै सातदोबाटोले तीन खेलबाट सात अंक बनाएको छ। ऊ अहिले अंकतालिकाको शीर्षस्थानमा छ। शीर्षस्थानमा भए पनि उसले अहिले नै तालिका हेरेर मख्ख नपर्ने प्रशिक्षक केसीले बताएका छन्। उनले भने, ‘हामीले तीनमा खेल खेका छौं। धेरैले दुई खेल मात्र खेलेका छन्। हामीले टेबलमा हेर्नेबेला पनि भएको छैन। हाम्रो मेहेनेतको फल कहाँसम्म पुर्याउँछ हेर्न बाँकी छ।’

अंकतालिकामा दोस्रोस्थानमा मनाङ छ। उसले  ६ अंक बटुलेको छ। एपीएफ भने शून्य अंकका साथ तालिकाको पुछारमा छ। उसले लिगमा ८ गोल खाएर तीन गोल गरेको छ।

‘लगातार तीन हार भनेको धेरै दबाब हो। पछिल्लो खेलमा गोल भएको थिएन। आज एक गोल चाहिँ भयो। खासै राम्रो त भन्न नमिल्ला किनेभने हारमा पनि गोलको मार्जिन चाहिँ धेरै छ। धेरै सन्तुष्ट छैन किनभने तीन अंक त गयो नै। मेहनत त गरेको हो,’ एपीएफ प्रशिक्षक थापाले भने।

यो हारसँगै अब एपीएफलाई रेलिगेसनबाट जोगिनका लागि दबाब बढेको छ। तर अझै लिगमा उसको ३० अंकको खेल बाँकी नै छ। त्यसमा १५ अंक जोगाएर एपीएफ रेलिगेसन बचाउने ध्याउन्नमा छन्। ‘हामी बी डिभिजन चाहिँ झर्दैनौं। अब ३० अंक छ त्यसमा १५ अंक चाहिँ ल्याउँछौं,’ थापाले भने।

खेलमा रेफ्री थिए उमेश बिडारी। उनको निर्णयमा चित्त नबुझ्ने ठाउँहरु रहेको प्रशिक्षक थापाले बताए। उनले अन्तिममा भने, ‘रेफ्रीले पनि पहिलो पटक खेलाएको हो। हाम्रो गोलकिपर र आजको रेफ्री उस्तै हो। चित्त नबुझाउने ठाउँ धेरै नै छ।’ रेफ्रीबारे प्रशिक्षक केसीले रेफ्रीबारे कमेन्ट नगर्दा नै राम्रो हुने बताएका छन्।

प्रकाशित: Dec 03, 2021| 20:57 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।