शुक्रबार, साउन १५, २०८३

निःशुल्क इमर्जेन्सी सेवा सुरु गर्दै टेकु अस्तपाल

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले इमर्जेन्सी सेवा निःशुल्क गर्ने तयारी गरेको छ।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले इमर्जेन्सी सेवा निःशुल्क गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि अस्पताले निशुल्क इमर्जेन्सी सेवा सुरु गर्न लागेको हो।

नेपालको संविधानमा स्वास्थ्यको हकलाई मौलिक हकका रूपमा उल्लेख गरेसँगै सबै सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्य भएकाले टेकुबाट यो अभियान सुरु गर्न लागिएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन्।

मङ्सिर १९ गतेदेखि यो व्यवस्था लागू गर्न लागिएको हो।अस्पतालमा इमर्जेन्सी विभागमा आएका बिरामीहरूको पछिल्लो २४ घण्टाभित्र हुने परीक्षण र उपचार शुल्कदेखि टिकटसम्मका सबै सेवा निःशुल्क हुने व्यवस्था गर्न लागिएको बताइएको छ। 

निःशुल्क सेवा अन्तर्गत रगत परीक्षण, एक्सरे, ईसीजी, टिकटलगायतका सुविधा र २४ घण्टाभित्रको परीक्षण सुविधा र लाग्ने औषधिसमेत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Dec 03, 2021| 18:31 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्