शुक्रबार, कात्तिक २, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • बागमती प्रदेश सभापतिमा त्रिपक्षीय भिडन्त, ६० प्रतिशत मतदाता आफूसँग रहेको केसी पक्षको दाबी

Siddartha premir insuranceSiddartha premir insurance

बागमती प्रदेश सभापतिमा त्रिपक्षीय भिडन्त, ६० प्रतिशत मतदाता आफूसँग रहेको केसी पक्षको दाबी

केसी पक्षीय एक नेताले भने, ‘हामीसँग ६० प्रतिशतभन्दा बढी मत छ। त्यसैले हामी चुनाव जित्छौं।’
 |  शुक्रबार, मंसिर १७, २०७८
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

शुक्रबार, मंसिर १७, २०७८

triton college

काठमाडौं– नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि बागमती प्रदेशमा त्रिपक्षीय भिडन्त हुँदैछ। हेडौंडामा जारी प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष भिन्नाभिन्नै प्यानलमा मैदानमा उत्रिएका छन्। 

प्रदेश सभापतिका लागि देउवा पक्षबाट इन्द्र बानियाँ, पौडेल पक्षबाट जगदीश्वरनरसिंह केसी र सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरेका छन्। निर्वाचनका लागि दिउँसो १ बजे मनोनयन हुने कार्यतालिका छ।

बानियाँ मकवानपुर कांग्रेसका सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता हुन्। केसी नुवाकोट कांग्रेसका निवर्तमान सभापति हुन् भने प्रधान पूर्वमन्त्री हुन्। 

तीनै नेताले प्यानल बनाएरै मैदानमा उत्रने बताए पनि अन्य पदाधिकारीमा उठ्ने नेताको नाम भने सार्वजनिक गरेका छैनन्। यसका लागि आफूहरु आन्तरिक छलफलमा रहेको उनीहरुले बताएका छन्।

Metro Mart
vianet

बानियाँँले आफ्नो जित सुनिश्चित रहेको बताए। उनले भने, ‘लोकतन्त्रमा आन्तरिक प्रतिस्पर्धा सुन्दर पक्ष भएकाले चुनाव हुनु स्वाभाविक हो। त्यसैले हामी सबै आन्तरिक प्रतिस्पर्धामा छौं।’ कार्यकर्ताले राम्रो नेतृत्व चुन्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ। 

बागमती प्रदेशको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाएका नेता प्रकाशमान सिंह उम्मेदवारहरूसँग छलफल गर्दै। तस्बिर सौजन्य: युपी लामिछाने

प्रधान चुनावी रणनीतिको तयारीका लागि आन्तरिक छलफलमा छन्। टिम बनिसकेको भए पनि पूर्ण टिमका साथ चुनावमा होमिने उनले बताए। उनले पार्टीमा आफ्नो लामो अनुभव भएको बताउँदै कार्यकर्ताले आफूलाई विश्वास गर्ने दाबी गरे। उनले भने, ‘अब हामी चुनावमा जाने हो। त्यसमा दुईमत छैन। अहिले हामी आन्तरिक छलफलमा छौं।’

केसीले पनि आफूले चुनाव जित्ने दाबी गरेका छन्। पौडेल पक्षीय नेता केसी सभापति देउवाविरुद्ध सशक्त मानिन्छन्। उनले बेलाबेलामा जिल्ला संस्थापन इतर पक्षीय जिल्ला सभापतिको भेला आयोजना गर्दै आएका थिए। 

उनले आफूलाई रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, गगन थापा, रामशरण महतलगायत नेताहरूको साथ रहेकाले जित सुनिश्चित रहेको उनको भनाइ छ। केसीले भने, ‘बागमतीमा कांग्रेसको बलियो संगठन बनाउन आवश्यक छ। त्यो मबाट मात्रै सम्भव छ।’ हारे पनि जिते पनि संगठन विस्तारमा लाग्ने  उनले बताए। उनले भने, ‘महाधिवेशनपछि हामी चुनावी तयारीमा होमिनुपर्नेछ। मैले जितें भने बलियो संगठन बनाउँदै बागमतीमा कांग्रेसलाई पहिलो पार्टी बनाउनेछु।’

केसी पक्षीय एक नेताले भने, ‘हामीसँग ६० प्रतिशतभन्दा बढी मत छ। त्यसैले हामी चुनाव जित्छौं।’

बागमती प्रदेशको निर्वाचनमा २ हजार १ सय ३७ प्रतिनिधि सहभागी हुने केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। उनका अनुसार देशभरमा सबैभन्दा बढी प्रतिनिधि बागमती प्रदेशमा छन्।

केसी प्यानलले आफ्नो पक्षमा ६० प्रतिशत मत रहेको दाबी गर्दै आएको छ। केसी पक्षीय एक नेताले भने, ‘हामीसँग ६० प्रतिशतभन्दा बढी मत छ। त्यसैले हामी चुनाव जित्छौं।’ उनले काठमाडौं, चितवन र धादिङमा आफ्नो पक्ष बलियो रहेको दाबी गरे। बाँकी ४० प्रतिशत मत बानियाँ र प्रधानलाई बाँडिने भएकाले आफ्नो पक्षले चुनाव जित्ने सुनिश्चित रहेको उनको भनाइ छ।

कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले पनि केसी पक्ष बलियो रहेको बताए। उनले भने, ‘चुनावी महोल तातेको छ। बाहिरबाट हेर्दा जगदीशजीको राम्रो माहोल छ। उहाँ पुरानो नेता हो। तर, पनि अहिले युवाहरू पनि आएका छन्। उनीहरूको सोच फरक हुन्छ। यसको खास नतिजा त अधिवेशनले नै देखाउने छ।’ उनले जसले जिते पनि पार्टीलाई सशक्त बनाउने अभियानमा लाग्नुपर्ने बताए। १३ जिल्ला रहेको बागमतीका सिन्धुली, चितवन, मकवानपुर, सिन्धुपाल्चोकमा जिल्ला अधिवेशन हुन बाँकी छ।

प्रदेशमा कांग्रेसले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरूका लागि चुनाव गर्दैछ। प्रदेश अधिवेशनमा प्रदेशसभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसदले मतदाता गर्नेछन्। 

प्रदेश सभापति निर्वाचित हुन ५१ प्रतिशत मत हासिल गर्नुपर्छ। कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याए पुनस् मतदान गर्नुपर्ने व्यवस्था छ। 


प्रकाशित: Dec 03, 2021| 11:01 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...