शनिबार, जेठ २, २०८३

कक्षा १२ को नतिजा प्रकाशित, सात हजार ३६ जनाले ल्याए 'ए प्लस'

कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

National life

काठमाडौं– कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ। शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। केहीबेरपछि सिस्टममा अपलोड हुने र हेर्न मिल्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।

नतिजा केही बेरपछि https://neb.ntc.net.np/मा हेर्न सकिनेछ। त्यस्तै आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

ए ग्रेड ल्याउने परीक्षार्थीको संख्या ४८ हजार तीन सय ३९ जना छ। बी प्लस ग्रेड ल्याउने विद्यार्थी ७० हजार हाराहारीमा रहेको बोर्डले जनाएको छ। करिब एक लाख विद्यार्थीले बी ग्रेड ल्याएका छन् भने सी र डी ग्रेड ल्याउने विद्यार्थी पनि छन्। साथै दस हजार हाराहारी विद्यार्थीले ई ग्रेड पनि ल्याएका छन्। भदौ ३० देखि असोज ८ गतेसम्म भएको परीक्षामा तीन लाख ८५ हजार विद्यार्थी सहभागी थिए। 

प्रकाशित: Dec 03, 2021| 10:51 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्