शुक्रबार, चैत ६, २०८२

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

काठमाडौं- सरकारले ९ देशबाट आउनेलाई नेपाल प्रवेशमा रोक लगाउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो। 

National life

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो। 

यात्रा प्रतिबन्ध लगाइएका देशमा दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाबे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङक छन्। यी देशमा ट्रान्जिट बनाएर आउने र तीन सातायता ती मुलुकको भ्रमण गरेकाहरूलाई पनि नेपाल प्रवेशमा रोक लगाइएको एक मन्त्रीले जानकारी दिए। 

यो व्यवस्था शुक्रबार राति १२ बजेदेखि लागू गरिने भएको छ। ती मन्त्रीका अनुसार हाल ती मुलुकबाट नेपालतर्फ आउँदै गरेकाहरूले भने अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ।


प्रकाशित: Dec 02, 2021| 20:04 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्