शनिबार, चैत ११, २०७९

व्यापारीसँग फोहोर शुल्क उठाउँदै तुलसीपुर उपमहानगर

फोहोर संकलनका लागि गाडी पठाउने रुटहरूमा उद्योग तथा व्यवसाय सञ्चालन गर्दै व्यवसायीबाट व्यवसाय वर्गीकरण गरी शुल्क उठाउन थालिएको हो। फोहोरसंकलन वापतको शुल्क उठाउनका लागि उमहानगरले कमर्चारीसमेत खटाइसकेको छ। उपमहानगरले व्यवसायको प्रकृतिका आधारमा फोहोर शुल्क तोकेको छ।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिकाले फोहोरो व्यवस्थापनका लागि भन्दै व्यापारीहरूबाट मासिक शुल्क उठाउन सुरु गरेको छ। चालू आर्थिक वर्षदेखि फोहोर व्यवस्थापनको नाममा स्थानीय व्यवसायीहरूबाट फोहोर शुल्क उठाउन उपमहानगरले सुरु गरेको हो।

National life insurance

मासिक एक हजार रुपैयाँसम्म फोहोर शुल्क उठाउन थालिएको हो। व्यवसायी र नगरबीच भएको छलफल र सम्झौताअनुसार उपमहानगरले फोहोर शुल्क उठाउन सुरु गरेको उपमहानगरको वातावरण शाखाले बताएको छ। उपमहानगरले साउन महिनादेखिको फोहोर शुल्क बुझाउन व्यवसायीलाई सार्वजनिक रूपमा आह्वान गरेको छ। बजारमा रकमसमेत उठाउन सुरु भइसकेको छ। 

दैनिक १४ टन फोहोर संकलन हुने तुलसीपुरमा बढी फोहोर व्यवसायीबाटै संकलन हुने भएको हुँदा शुल्क तय गरेर रकम उठाउन लागिएको नगरपालिकाले जनाएकाे छ। फोहोर संकलनका लागि गाडी पठाउने रुटहरूमा उद्योग तथा व्यवसाय सञ्चालन गर्दै व्यवसायीबाट व्यवसाय वर्गीकरण गरी शुल्क उठाउन थालिएको हो। फोहोरसंकलन वापतको शुल्क उठाउनका लागि उमहानगरले कमर्चारीसमेत खटाइसकेको छ। उपमहानगरले व्यवसायको प्रकृतिका आधारमा फोहोर शुल्क तोकेको छ। 

फोहोर व्यवस्थापनलाई सहज बनाउन व्यवसायीबाट फोहोर शुल्क उठाइने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले जानकारी दिए। नगर परिषद्को निर्णयका आधारमा व्यवसायीबाट फोहोर शुल्क उठाउन सुरु गरिएको सरसफाइ शाखाका नासु खेमकान्त पाण्डेले बताए। उनका अनुसार फेन्सी तथा होलसेल कपडा पसल, किराना पसल, ईलेक्ट्रोनिक पसललगायतका सटरसहितका प्रत्येक पसलबाट मासिक पाँच सयका दरले वर्षको ६ हजार रुपैयाँ फोहोर शुल्क लिइने छ। 

होलसेल फलफूल तथा तरकारी पसलबाट मासिक एक हजारको दरले वर्षको १२ हजार, व्युटीपार्लर तथा कस्मेटिक पसलबाट मासिक तीन सयका दरले एक वर्षको तीन हजार ६ सय रुपैयाँ फोहोर शुल्क संकलन गरिने उनले जानकारी दिए। ठूला होटल, कलकारखानाबाट मासिक एक हजार र साना होटेलबाट पाँच सय रुपैयाँ फोहोर शुल्क लिने नगर परिषद्ले निर्णय गरेको छ। 

worldlink

प्रकाशित: Dec 02, 2021| 09:00. 00 बिहीबार, मंसिर १६, २०७८

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।