शुक्रबार, चैत ६, २०८२

भारतमा पनि भेटियो कोरोनाको ओमिक्रोन भेरियन्ट

ओमिक्रोन संक्रमितहरू भारतको कर्नाटकमा राज्यमा फेला परेका हुन्। ६६ वर्ष र ४० वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहसचिव अग्रवालले बताए।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

नयाँदिल्ली- छिमेकी मुलुक भारतमा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ। 

National life

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लब अग्रवालले २ जना ओमिक्रोनको संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।

ओमिक्रोन संक्रमितहरू भारतको कर्नाटकमा राज्यमा फेला परेका हुन्। ६६ वर्ष र ४० वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहसचिव अग्रवालले बताए।

योसँगै कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्ट २६ मुलुकमा फैलिएको छ।

प्रकाशित: Dec 02, 2021| 18:10 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्