सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • नेतृत्व चयनको विवाद बल्झिँदा प्रदेश १ को कांग्रेस अधिवेशन स्थगित

नेतृत्व चयनको विवाद बल्झिँदा प्रदेश १ को कांग्रेस अधिवेशन स्थगित

नेतृत्व चयनका लागि नेताहरुबीच सहमति जुट्न नसकेपछि दिउँसो २ बजे सुरु हुने भनिएको अधिवेशन सुरु हुनै नसकी शुक्रबार बिहानसम्मका लागि स्थगित गरिएको प्रदेश १ अधिवेशन आयोजक समितिका संयोजक केन्द्रीय सदस्य कृष्ण सिटौलाले जानकारी दिए।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

विराटनगर‒ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश १ को अधिवेशन  बिहीबार सुरु हुन सकेन।

नेतृत्व चयनका लागि नेताहरुबीच सहमति जुट्न नसकेपछि दिउँसो २ बजे सुरु हुने भनिएको अधिवेशन सुरु हुनै नसकी शुक्रबार बिहानसम्मका लागि स्थगित गरिएको प्रदेश १ अधिवेशन आयोजक समितिका संयोजक केन्द्रीय सदस्य कृष्ण सिटौलाले जानकारी दिए। 

उनका अनुसार शुक्रबार बिहान ८ बजेदेखि अधिवेशन सुरु हुने भएको छ। मञ्‍चमा अतिथि तथा प्रतिनिधिहरु सहभागी भएपनि विविध कारणले अधिवेशन स्थगित गरिएको संयोजक सिटौलाले बताएका छन्। नेतृत्वका विषयमा सहमति जुट्न नसकेपछि अधिवेशन सुरु हुन नसकेको कांग्रेसकै एक नेताले जानकारी दिए।

यसैबीच प्रदेश सभापतिमा दुईजना बीच प्रतिष्पर्धा हुने भएको छ। कांग्रेसमा सभापति शेरबहादुर देउवा र तेस्रो समूहका नेता कृष्णप्रसाद सिटौला समूहबाट झापाका पूर्व सभापति उद्धव थापा र पौडेल‒कोइराला समूहबाट केन्द्रीय सदस्य गुरुराज घिमिरेबीच प्रतिष्पर्धा हुने भएको हो। 

प्रदेश सभापतिका आकांक्षी कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला प्रतिष्पर्धाबाट बाहिरिएका छन्।

प्रकाशित: Dec 02, 2021| 17:37 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।