शनिबार, चैत ११, २०७९

विश्‍वभर बुद्धका उपदेश फैलाउन जरुरी छ: राष्ट्रपति

लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औं वार्षिककोत्सव तथा पुस्ताकालय भवन उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै बुद्धको सन्देश विश्वव्यापी बनाउनुपर्नेमा जोड दिइन्।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

बुटवल- राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धका उपदेशलाई विश्वभर फैलाउन विश्वविद्यालयले भूमिका खेल्नुपर्ने बताएकी छन्। उनले विश्वविद्यालले निर्माण गर्ने पाठ्यपुस्तक मार्फत विश्वभर बुद्धका उपदेश फैलाउनुपर्ने बताएकी हुन्। 

National life insurance

लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औं वार्षिककोत्सव तथा पुस्ताकालय भवन उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै बुद्धको सन्देश विश्वव्यापी बनाउनुपर्नेमा जोड दिइन्। 

उनले स्थानीय र प्रदेश सरकारले पनि यसतर्फ ध्यान दिनुपर्ने बताइन्। बुद्धको दया र करुणाले विश्व जगतलाई नै आर्कषित गर्ने पनि बताएकी छन्। ‘बुद्धका उपदेश समेटिएको पाठ्यपुस्तक निर्माणमा होस्, स्थानीय र प्रदेश सरकारले पनि ध्यान दिनुपर्छ,’ राष्ट्रपति भण्डारीले भनिन्। 

उनले लुम्बिनी गुरुयोजना छिटो पूरा गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। गुरुयोजना समयमै पूरा भए मात्रै लुम्बिनीको गरिमामाथि उठाउन सकिने बताउँदै  राष्ट्रपति भण्डारीले लुम्बिनीको साँस्कृतिक महत्वलाई पर्यटनसँग जोडनुपर्ने बताइन्। लुम्बिनीको विकासले नै मुलुकको समृद्धिको यात्रालाई अघि बढाउन सक्ने उनले बताइन्। राष्ट्रपति भण्डारीले बुद्ध जन्मस्थल र यससँग जोडिएका कपिलवस्तु, नवलपरासी र रुपन्देहीका बुद्ध भूमिहरूलाई एकीकृत योजना ल्याउनुपर्ने बताइन्। 

कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले तिलौराकोट र रामग्रामलाई लुम्बिनीसँग जोडेर विकास गर्नुपर्ने बताए। बुद्धको दिएको ज्ञान सबै नेपालीले लिन नसक्दा अनुशासित बन्‍न नसकेको उनको भनाई छ।  शिक्षामन्त्री देवेन्द्र पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विदेशीहरुलाई आर्कषित गर्नुपर्ने बताए। लुम्बिनीको आर्थिक र पर्यटन विकासका लागि अघिल्लो सरकारले ल्याएको योजनालाई अहिलेको सरकारले पनि निरन्तरता दिएको बताए। 

worldlink

एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलको दोस्रो चरणको कामका लागि अहिलेसम्म एडीबीसँग ऋण सम्झौता नभएको बताएका छन्।

प्रकाशित: Dec 02, 2021| 05:32. 11 बिहीबार, मंसिर १६, २०७८

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।