शुक्रबार, साउन १५, २०८३

वीर अस्पतालमा टेलिमेडिसिन सेवा सुरु, बिरामीले घरमै बसीबसी लिन सक्छन् सेवा

कोभिड–१९ युनिफाइड अस्पताल वीर अस्पतालले ‘टेलिमेडिसिन सेवा’ सञ्चालनमा ल्याएको छ।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

काठमाडौं– कोभिड–१९ युनिफाइड अस्पताल वीर अस्पतालले ‘टेलिमेडिसिन सेवा’ सञ्चालनमा ल्याएको छ। कोरोना उपचार प्रभावकारी बनाउनका लागि स्वास्थ्य मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको सहयोगमा अस्पतालले अस्पतालले बिहीबारबाट टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको हो। 

अस्पतालका प्रमुख डा. भुमेन्द्र बस्नेतका अनुसार निशुल्क रुपमा पाइने यो सेवाका लागि विशेषज्ञ चिकित्सकले ‘टेलिमेडिसिन सेवा’को माध्यमबाट बिरामीले आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गर्ने छन्। उक्त सेवा लिनको लागि ११३३ को हटलाइन प्रयोग गरेर सेवा लिन सकिने बताए।

टेलिमेडिसिन केन्द्रबाट हाललाई कोरोना संक्रमणको विषयमा चिकित्सकीय परामर्श दिइने छ। त्यसका लागि १ जना मेडिकल अफिसर र २ जना पारामेडिक्स गरी ३ जनाको टोली ३ सिफ्टमा रहनेछ।

घरमा बसेका बिरामीले केही परामर्श तथा उपचार सेवा लिनका लागि टेलिमेडिसिन सेवा धेरै प्रभावकारी हुने डा. बस्नेतले बताए। टेलिमेडिसिन सेवाबाट २४ घन्टा परामर्श लिन सकिन्छ। टेलिमेडिसिन सेवामार्फत् विशेषज्ञहरुले कहाँ जाने, कहाँ बेडको सहज उपलब्धता छ भन्ने लगायतका विषयमा जानकारी गराउनेछन्।

प्रकाशित: Dec 02, 2021| 15:32 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्