शुक्रबार, चैत ६, २०८२

सरकारले भन्‍यो- नयाँ भेरियन्टको जोखिम बढ्यो, अत्यावश्यकबाहेक घरबाहिर ननिस्किनु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ रुपको ओमिक्रोनबाट बच्‍न एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका कामका लागि घरबाहिर ननिस्कन आग्रह गरेको हो।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

काठमाडौं- सरकारले अत्यावश्यकबाहेकका कामका लागि घरबाहिर ननिस्कन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ रुपको ओमिक्रोनबाट बच्‍न एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका कामका लागि घरबाहिर ननिस्कन आग्रह गरेको हो।

National life

मन्त्रालयले हालसम्म नेपालमा कोरोनाको नयाँ भेरियन्ट आइ नसकेकोसमेत जनाएको छ। 

मन्त्रालयले भनेको छ, 'कोभिड १९ संक्रमण गराउने भाइरस डिसेम्बरको अन्तिममा सफल भएसँगै यसले आफ्नो रुपहरु परिवर्तन गर्दै गएको छ। यस किसिमको भाइरसले आफ्नो रुप परिवर्तन गर्न सक्छ भन्‍ने कुराहरु विश्वव्यापी रुपमा सम्बन्धित चिकित्सा विज्ञानका विज्ञहरुलाई पहिलैदेखि थाहा भएको विषय हो। अहिले पछिल्लो समय परिवर्तित भेरियन्ट नयाँ रुपमा देखा परेको छ। त्यो भेरियन्ट यद्यपि नेपालमा आइसकेको छैन।' 

यसबाट बच्‍न अन्तर्राष्ट्रिय नाकाहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको र परीक्षणको दायरा बढाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए। उनले सरकारले विदेश जाने-आउने कुराहरु, स्वास्थ्यका मापदण्ड उल्लंघन हुने खालका गतिविधिहरुलाई कम गर्न अनुरोध गरेको पनि जानकारी दिएका छन्। 

उनले थपे, ‘नयाँ भेरियन्टबाट संक्रमित मानिस अर्को ठाउँमा पुगेपछि अर्को व्यक्ति संक्रमित भएको आधारमा उहाँबाट फेरि अर्को व्यक्तिमा सरेर  फैलिने अवस्था हो। संक्रमण रोकथाम नियन्त्रण गर्नलाई मानिसहरुको आवतजावतलाई व्यवस्थित गर्न,  मानिसहरुको जनस्वास्थ्य मापदण्डका पालनाहरुको निरन्तरता राख्न, कोभिड १९ को खोप अभियानलाई निरन्तरता राख्न आवश्यक हुन्छ। यही सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरेर अत्यावश्यक काम भन्दा बाहेक घरभन्दा बाहिर ननिस्किन, अत्यावश्येक बाहेक विदेश जाने आउने काम नगर्न, नगराउनु हुन अनुरोध गरेको अवस्था हो।'

Laxmi sunrise bank
kumari

सह प्रवक्ता अधिकारीले नेपालमा कोभिड–१९ का खोप अभियानहरु धेरै प्रभावकारी रहेको पाइएकोले खोप अभियानलाई प्रभावकारी बनाउन सबैले सहयोग गर्नुपर्ने बताए। उनले यो भेरियन्ट पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकोले यो अवस्थालाई मध्यनजर गर्दै सरकारले विभिन्‍न नाका र स्थानहरुमा निगरानी बढाएकोसमेत जनाएका छन्।

उनले भने, 'सरकारले अन्तर्राष्ट्रिय नाकाहरुमा निगरानीका कामहरु बढाएको छ। परीक्षणका कामहरुलाई बढाएको छ। सिक्वेन्सीका कामहरुलाई बढाएको छ। यसो गर्दा भेरियन्ट आइहाल्यो भने पनि चाँडै पत्ता लगाउन सजिलो हुन्छ। चाँडै पत्ता लाग्दा थप अरु सुरक्षा, सावधानी अपनाउन सहज हुन्छ। पुष्टि भएको भेरियन्टका सन्दर्भमा धेरै कुराहरु आएको छैनन्। जति तथ्य आएका छन् त्यसकै आधारमा हामीले लिएको जनस्वास्थ्यका मापदण्डहरु, हामीले लगाइरहेका कोभिड १९ का खोप अभियानहरु धेरै प्रभावकारी रहेको पाइएको छ। हामीले निरन्तर खोप अभियानलाई सफलतातिर लैजानु पर्छ। धेरै भन्दा धेरै व्यक्तिहरु खोप अभियानमा सरिक हुनुपर्छ। ता कि समाज, सबै आफन्त सुरक्षित हुन सकियोस्। यो अवस्था सिर्जना गर्नलाई सरकारले निगरानी बढाउने, जनस्वास्थ्यका मापदण्डहरुको पालना बढाउने, कोभिड १९ को खोप अभियानलाई तीव्र गतिमा लिएर जाने कामहरु गरिरहेको छ।’

सह प्रवक्ता अधिकारीले सबै व्यक्तिहरु कोरोनाविरुद्धको खोप अभियानमा सहभागि बन्‍नुपर्ने भन्दै यस कार्यलाई तीव्र गतिमा लिएर जानुपर्ने बताएका छन्।


 


प्रकाशित: Dec 01, 2021| 19:55 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्