काठमाडौं- बुधबार देशभर ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ७२७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
१० हजार ९१९ जनाको पीसीआर र १ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। बुधबारको दिनमा देशभर ६ हजार ९५४ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ११ हजार ५२९ पुगेको छ। २४ घण्टामै २५९ जना निको भएको मन्त्रालयले जनाएको छ। कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।