शनिबार, जेठ २, २०८३

ओमिक्रोनको जाेखिम बढेपछि सरकारले भन्यो, अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा नजाऔं

कोभिड-१९ को ओमिक्रोन भेरियनटको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको छ।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

काठमाडौं- अफ्रिकी मुलुकमा पहिचान गरिएको कोरोनाको ओमिक्रोन भेरियन्टको एसियाका केही मुलुकमा तीव्र विस्तार भइरहेकाले सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले आग्रह गरेको छ। मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा नजान पनि अपिल गरेको छ। मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। विज्ञप्तिमा भनिएको छ, 'कोभिड-१९ को ओमिक्रोन भेरियनटको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालय अपिल गर्दछ।'

National life

मन्त्रालयले हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परिनसकेको र आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको जनाएको छ। यस्तै नयाँ देखिएको भेरियन्टबारे समयमै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न सरकारले काम गरिरहेको पनि पनि प्रस्ट पारिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता, डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यो भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ। त्यसैले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न गराउन भूमिका बढाउन सबैको जानकारीका लागि विनम्र अनुरोध छ।’   




प्रकाशित: Dec 01, 2021| 15:57 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्