शनिबार, जेठ २, २०८३

शिक्षामन्त्री पौडेलले सुरु गरे सार्वजनिक विद्यालयको अनुगमन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय अनुगमनको काम सुरु गरेका छन्।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय अनुगमनको काम सुरु गरेका छन्। मन्त्री पौडेलले बुधबार काठमाडौंको जमलस्थित दरबार हाइस्कुलको अनुगमन गरेका छन्।

National life

अनुगमनको क्रममा उनले कक्षा कोठामा भइरहेको शिक्षण सिकाइका बारेमा शिक्षक र विद्यार्थीहरुसँग अन्तरक्रिया पनि गरेका थिए। मन्त्री पौडेलले सार्वजनिक शिक्षाको सुधारका लागि आफूले ती विद्यालयको अनुगमन सुरु गरेको बताए।

उनले सरकारले सार्वजनिक शिक्षाको सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचको बलियो सहकार्यका लागि पनि विशेष ध्यान दिएको बताए। मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षण सिकइ प्रक्रियामा सुधार ल्याउन कडा मिहिनेत गर्न पनि शिक्षकहरुलाई आग्रह गरे।

त्यस अवसरमा संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीले शिक्षक दरबन्दी कम भएको जानकारी गराउँदै त्यसको व्यवस्था मिलाउन मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए। मन्त्री पौडेलले सरकारले सार्वजनिक शिक्षाको सुधारका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।


प्रकाशित: Dec 01, 2021| 13:47 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्