शुक्रबार, चैत ६, २०८२

दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन भेटियो

दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ। कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त भेरियन्ट देखिएको हो।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ। कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त भेरियन्ट देखिएको हो। 

कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए। उनीहरू कोरिया प्रवेशपश्चात् गरिएको परीक्षणमा ओमिक्रोन देखिएको हो। 

कोरियाले शनिबारदेखि लागू हुने गरी दक्षिण अफ्रिकासहित बोत्स्वाना, जिम्बाबे, नामिबिया, लसोथो, मोजाम्विक, मालावीलगायतबाट हवाई उडानसहित आवागमनमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ।

प्रकाशित: Dec 01, 2021| 11:44 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्