शुक्रबार, साउन १५, २०८३

कोभ्याक्समार्फत ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप नेपाल आउँदै

कोभ्याक्स सुविधामार्फत आज थप ९ लाख ९२ हजार डोज कोभिसिल्ड खोप नेपाल आउने भएको छ।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

काठमाडौं- कोभ्याक्स सुविधामार्फत आज थप ९ लाख ९२ हजार डोज कोभिसिल्ड खोप नेपाल आउने भएको छ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाको आपूर्ति शाखा अनुसार आज दिउँसोसम्म उक्त खोप नेपाल आइपुग्ने छ।

कोभ्याक्समार्फत प्राप्त हुने ६० लाख  डोजमध्ये सोमबार ७ लाख २५ हजार खोप नेपाल आइसकेको छ। यसै साता थप खोप पनि आउने बताइएको छ।

प्रकाशित: Dec 01, 2021| 08:24 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्