मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेप्से २८ प्रतिशतले वृद्धि, यी हुन् सातामा अग्रस्थानमा रहेका कम्पनी

नेप्से २८ प्रतिशतले वृद्धि, यी हुन् सातामा अग्रस्थानमा रहेका कम्पनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
 काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार रकम गत साताको भन्दा २८.३९ प्रतिशत बढेको छ। गत साता १८६ कम्पनीहरुको कारोबार भएको थियो। जस अनुसार १५ हजार ८४८ कारोबारबाट १ अर्ब ४ करोड १६ लाख २३ हजार रुपैयाँ बराबरका ३६ लाख ७९ हजार ६ सय कित्ता सेयरहरु खरिद बिक्री भएका थियो।
 
यो साता (असार १५ देखि २१ गते) नेप्सोको कारोबा बढेर २० हजार २८१ कारोबारबाट १ अर्ब ३३ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरका ४२ लाख ५४ हजार पाँच सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । जसमा १८४ कम्पनीहरुको कारोबार भएको हो। 

त्यस्तै साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३९.८८ अंकले बढेर अन्तिम दिन १२२४.४१ अंकमा पुगेको छ।‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८.३४ अंकले बढेर २५७.४६ अंकमा आईपुगेको छ।

यी हुन् यस साता अग्रस्थानमा रहेका तीन कम्पनी

नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा गएको साताभरीमा तीन कम्पनीले अग्रता लिएका थिए । जसमा साता कारोबार रकम (सात करोड ४२ लाख ३० हजार रुपैयाँ) को आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ।
 
त्यसैगरी कारोबार भएको सेयर संख्या (एक लाख ५५ हजार कित्ता) को आधारमा प्राइम कमर्सियल बैंक, कारोबार संख्या (६४१ वटा) को आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको नेप्सेले बताएको छ।

६ कम्पनीको शेयर सूचीकृत 

गएको साता ६ विभिन्न कम्पनीहरुको शेयर सूचीकृत भएको छ । जसमा ओम डेभलपमेन्ट बैंकको वोनस, सूर्योदय लघुवित्त वित्तीय संस्था हकप्रद, देवः विकास बैंक हकप्रद , मञ्जुश्री फाइनान्सको हकप्रद, कर्णाली डेभलपमेन्ट बैंकको वोनस र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको वोनस शेयर सूचीकृत भएको हो ।

सर्वाधिक रकमको कारोबार भएका कम्पनीहरु

गएको साता पाँच कम्पनीको कारोबार सर्वाधिक भएको नेप्सेले जानकारी गराएको छ। जसमा नेसनल लाइफ इन्स्योरेन्स, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र नविल बैंक लमिटेड रहेका छन्। ती प्रत्येक कम्पनीहरुले ३ करोड ८० लाखभन्दामाथि ७ लाख ४० लाख रुपैयाँसम्म कारोबार गरेका थिए।

त्यस्तै यस साता नेप्सेको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो भने, ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन।
 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्