शुक्रबार, चैत ६, २०८२

अस्ट्रेलियाका सीमानाका तत्काल नखुल्ने, मर्कामा नेपाली विद्यार्थी

अफ्रिकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' पुष्टि भएपछि अस्ट्रेलियाले सीमा खुला गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने भएको हो।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

काठमाडौं- अस्ट्रेलियाले खुला गरेको अन्तर्राष्ट्रिय सीमानाका खुला गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने भएको छ। अफ्रिकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' पुष्टि भएपछि अस्ट्रेलियाले सीमा खुला गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने भएको हो। 

National life

यसअघि बुधबारदेखि अन्तर्राष्ट्रिय सीमानाका खुला गर्ने अस्ट्रेलियाले निर्णय गरेको थियो। प्रधानमन्त्री स्कट मरिसनले दुई साताका लागि सीमानाका नखोल्ने निर्णय गराएका हुन्। 

अस्ट्रेलियाले सीमानाका बन्द गर्दा नेपालबाट पनि त्यहाँ जानका लागि प्रतिक्षामा थुप्रै विद्यार्थीहरू रहेका छन्। भिसा लागेका विद्यार्थी पनि यो निर्णयबाट प्रभावित हुने भएका छन्। 

अस्ट्रेलियाली नागरिकहरुलाई नै भने सीमामा कुनै रोक लगाइएको छैन। 

प्रकाशित: Nov 29, 2021| 19:57 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्