शुक्रबार, साउन १५, २०८३

बेलायतका सबै वयस्कलाई कोरोनाविरुद्ध बुस्टर डोज दिइने

खोपसम्बन्धी अनुगमनकारी निकायले १८ वर्षमाथिका सबैलाइ खोप दिने तयारी गरेको हो। ‘हामी १८ वर्षमाथिका सबैलाइ खोप दिने तयारी गरेका छौं,’ राष्ट्रिय स्वास्थ्य सेवाका एक अधिकारीले भने।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

लन्डन- बेलायतमा सम्पूर्ण वयस्कलाइ कोभिडविरुद्धको खोप दिइने भएको छ। ओमीक्रोन ‌भेरियन्टको त्रास बढिरहेका बेला सबै वयस्कलाई बुस्टर डोज दिन लागिएको हो। 

खोपसम्बन्धी अनुगमनकारी निकायले १८ वर्षमाथिका सबैलाइ खोप दिने तयारी गरेको हो। ‘हामी १८ वर्षमाथिका सबैलाइ खोप दिने तयारी गरेका छौं,’ राष्ट्रिय स्वास्थ्य सेवाका एक अधिकारीले भने।

बेलायतमा शंकास्पद ७५ जनाको ओमिक्रोन परीक्षण भइरहेको छ। नयाँ भेरियन्टको भाइरस देखिएपछि बेलायतले दक्षिण अफ्रिकामा यात्रा प्रतिबन्ध लगाइसकेको छ। नयाँ भेरियन्ट देखिएसँगै फेस मास्क अनिवार्य गरिएको छ भने शंकास्पद व्यक्तिलाई आइसोलेसनमा बस्‍न अनुरोध गरिएको छ। 

बेलायतमा अहिलेसम्म १ करोड ८० लाखले बुस्टर डोज लगाइसकेका छन्। अब १८ देखि ३९ वर्ष उमेर समूहका १ करोड २८ लाखलाई बुस्टर डोज दिइनेछ। 

प्रकाशित: Nov 29, 2021| 22:30 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्